default_image

3 years ago

January 19, 2021

गजराज जोशी स्मृति कपमा वडा नम्वर १ विजयी

काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर १ ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन मंगलबार वडा नम्वर १ ले वडा नम्वर ४ माथि १–० को जित निकालेको हो । टोखास्थित भुतखेल मैदानमा वडा नम्वर १ को जितमा अनिल अधिकारीले ५०औं मिनेटमा गरेको […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर १ ले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको दोस्रो दिन मंगलबार वडा नम्वर १ ले वडा नम्वर ४ माथि १–० को जित निकालेको हो । टोखास्थित भुतखेल मैदानमा वडा नम्वर १ को जितमा अनिल अधिकारीले ५०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

त्यसअघि मंगलबार नै भएको खेलमा वडा नम्वर २ र वडा नम्वर ८ ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको छ ।

लिगकम नकआउटको आधारमा भएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । पोल ‘ए’ मा वडा नम्वर ३, ६ र ७ तथा पोल ‘बी’ मा १, २, ४ र ८ वडा रहेको छ ।

सडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा भएको प्रतियोगितामा बुधबार दुई खेल हुनेछ । वडा नम्वर ३ र ६ तथा वडा नम्वर १ र २ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता १३ माघसम्म चल्नेछ ।

प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ ।

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

April 6, 2024

खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् । एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् ।  नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित […]

Success

Thank you for your time.