5 years ago
January 20, 2021
पोखरा (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माग अन्तिम सातादेखि आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता माघ २७ देखि फागुन १ सम्म पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ । ठुला टोलीहरु कोरोनापछि पहिलोपटक मैदान उत्रन लागेको हो ।
यसअघि पुस अन्तिम साता पोखरामै पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको पिपल्स च्वाइस विधामा मनोनयनमा पर्न सफल भएकी नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही जिताउ अभियानमा विभागीय टोली नेपाल एपिएफ क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच मैत्रीपुर्ण खेल भएको थियो । उक्त खेलबाट नै नेपाली टोलीमा भरपर्दा स्पाइकर प्रतिभा मालीले झन्डै एक वर्षपछि चोटबाट पूनरगमन गरेकी थिइन् ।

पश्चिमाञ्चल भलिबल संघको व्यवस्थापन र नेपाल भलिबल संघको समन्वय रहने प्रतियोगिता पुरुष र महिलातर्फ उत्कृष्ट चार टोलीहरुको सहभागिता रहनेछ ।
महिलातर्फ तीन विभागीय टोली नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबसँगै होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसँगै गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको पुरस्कार राशि र खेल तालिका सार्वजनिक गरिएको छैन ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]