default_image

5 years ago

January 20, 2021

गजराज जोशी स्मृति कपमा वडा नम्वर २ र ३ विजयी

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर २ र ३ विजयी भएको छ

प्रतियोगिताको तेस्रो दिन बुधबार वडा नम्वर ३ ले वडा नम्वर ६ माथि १–० को जित निकालेको हो । टोखास्थित भुतखेल मैदानमा वडा नम्वर ३ को जितमा विजय महर्जनले गरेको गोल नै निर्णायक बन्यो । उनले १८औं मिनेटमा गोल गरेका थिए ।

बुधबार नै भएको खेलमा वडा नम्वर २ ले वडा नम्वर १ माथि १–० कै जित निकाल्यो । इन्ज्युरी समयमा सरोज श्रेष्ठले गरेको गोल नै वडा नम्वर २ को जितमा निर्णायक बन्यो । कप्तान इश्वर राज जोशीको फ्रिकिक रिवाउन्ड भएर फर्कदा सरोज श्रेष्ठले गोल गर्न सफल भएको थियो ।

प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको छ । लिगकम नकआउटको आधारमा भएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । पोल ‘ए’ मा वडा नम्वर ३, ६ र ७ तथा पोल ‘बी’ मा १, २, ४ र ८ वडा रहेको छ ।

एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा भएको प्रतियोगितामा बिहीबार दुई खेल हुनेछ । वडा नम्वर ८ र ४ तथा वडा नम्वर ७ र ३ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता १३ माघसम्म चल्नेछ ।

प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.