5 years ago
January 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर ३ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

तियागितामा बिहीबार वडा नम्वर ७ माथि ८–० को फराकिलो जित निकाल्दै वडा नम्वर ३ समूह ‘ए’ को विजेता बनेको हो । यो समूहबाट वडा नम्वर ३ ले पनि समूह उपविजेताको रुपमा सेमिफाइन्लमा स्थान बनाउदा वडा नम्वर ७ प्रतियोगिताबाट बाहिरिएको छ ।
टोखास्थित भुतखेल मैदानमा वडा नम्वर ३ को फराकिलो जितमा राजीव डंगोलले ह्याट्रिक पुरा गरे । निराजन डंगोलले दुई तथा सनम श्रेष्ठ, सुविन्द्र श्रेष्ठ र योगेश श्रेष्ठले समान एक–एक गोल गरे ।

बिहीबारै भएको अर्काे खेलमा वडा नम्वर ८ ले वडा नम्वर ४ माथि ५–० को जित निकाल्दै समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ । वडा नम्वर ८ को फराकिलो जितमा अनिल थापाले ह्याट्रिक पुरा गर्दा नर बहादुर गुरुङ र बिकास कार्कीले समान एक–एक गोल गरे ।
यो जितसँगै वडा नम्वर ८ को २ खेलबाट ४ अंक पुगेको छ । समान खेलबाटै वडा नम्वर २ को ४ अंक छ । वडा नम्वर ४ प्रतियोगिताबाट बाहिरिदा वडा नम्वर १, २ र ८ को सेमिफाइनल पुग्ने सम्भावना रहेको छ ।
प्रतियोगितामा शुक्रबार लिग चरणको अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा वडा नम्वर २ र ४ तथा दोस्रो खेलमा वडा नम्वर ८ र १ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
१३ माघसम्म चल्ने प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]