default_image

5 years ago

January 22, 2021

गजराज जोशी स्मृति कपको सेमिफाइनल समिकरण पुरा

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको सेममिफाइनल समिकरण पुरा भएको छ ।

शुक्रबार समूह ‘बी’ बाट वडा नम्वर २ समूह विजेता र वडा नम्वर ८ समूह उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेपछि सेमिफाइनलको समिकरण पुरा भएको हो । यसअघि समूह ‘ए’ बाट वडा नम्वर ३ र वडा नम्वर ६ सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम दिन शुक्रबार वडा नम्वर २ ले प्रतियोगिताबाट बाहिरिसकेको वडा नम्वर ४ माथि ६–० को फराकिलो जित निकाल्दै समूह विजेता बन्यो । टोखास्थित भुतखेल मैदानमा वडा नम्वर २ को फराकिलो जितमा सरोज श्रेष्ठले ह्याट्रिक पुरा गरे । रविन्द्र डंगोलले दुई गोल गर्दा दिनेश डंगोलले एक गोल थपे ।

शुक्रबारै भएको लिग चरणको अन्तिम खेलमा वडा नम्वर ८ र १ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा ८ समूह उपविजेताको रुपमा अघ बढ्यो । १ का सन्तोष अधिकारीले गोल गर्दा ८ का गौतम बानियाँले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । यो बराबरीले वडा नम्वर १ पनि यो समूहबाट समूह चरणबाटै बाहिरिएको छ ।

अब सेमिफाइनलमा समूह ‘ए’ विजेता ३ र समूह ‘बी’ को उपविजेता ८ तथा समूह ‘बी’ को विजेता २ र ‘ए’ को उपविजेता ६ बीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल आइतबार हुने आयोजक एसडी ९९ स्पोर्टस् कर्नरले जनाएको छ । फाइनल मंगलबार हुनेछ ।

प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.