5 years ago
January 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – वडा नम्वर ८ र २ टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

टोखास्थित भुतखेल मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा वडा नम्वर ८ ले उपाधिको बलियो दावेदार वडा नम्वर ३ लाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । निर्धारित र थप गरिएको समयमा गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टीमा वडा नम्वर ८ का जय प्रकाश बोम्जन, बिजय बानियाँ, गौतम बानियाँ, ध्रुब श्रेष्ठ र प्रकाश सिटौलाले गोल गर्दा कप्तान अनिस श्रेष्ठले गोल गर्न सकेनन् । वडा नम्वर ३ का बुद्ध डंगोल, सुविन्द्र श्रेष्ठ, युगेश श्रेष्ठ र गोविन्द रिमालले गोल गर्दा सरोज डंगोलले गोल गर्न सकेनन् ।

दोस्रो सेमिफाइनलमा वडा नम्वर २ ले ६ माथि ३–१ को जित निकाल्दै फाइन्लमा वडा नम्वर ८ सँगको भेट पक्का ग¥यो । २ को जितमा दिनेश डंगोलले दुई तथा बिवेक श्रेष्ठले एक गोल गरे । ६ का सरोज कुँवरको गोल सान्त्वना बन्यो ।
फाइनल मंगलबार हुने आयोजक एसडी ९९ स्पोर्टस् कर्नरले जनाएको छ । प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]