5 years ago
January 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली सुटिङ महासंघको तत्वावधान तथा कुवेत सुटिङ संघको आयोजनामा शुक्रबारदेखि सुरु हुने प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिता नेपालबाट ११ खेलाडीले सहभागिता जनाउने नेपाल सुटिङ संघले जनाएको छ ।

संघका अध्यक्ष पुष्पदास श्रेष्ठका अनुसार प्रतियोगितामा ६ पुरुष र ५ महिला खेलाडी छन् । व्यक्तिगततर्फ १० मिटर एयर राइफल र एयर पेस्तोलमा प्रतिस्पर्धा हुने छ । एयर राइफलको पुरुषमा कुमार कार्की, अर्नव घिमिरे र हरिबहादुर थापा तथा महिलामा कल्पना परियार, मीरा बन्जारा र सुस्मिता नेपालले प्रतिस्पर्धा गर्ने छन् ।
एयर पेस्तोलको पुरुषमा विपेश खड्का, सुखदेव चौधरी र बद्रुउद्दिन अन्सारी तथा महिलामा कृष्णा थापा र सरिता बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सबै खेलाडीले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गरेका थिए ।
दुईदिने प्रतियोगितामा २२ राष्ट्रको सहभागिता निश्चित भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपाली खेलाडीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा प्रतिस्पर्धा गर्ने छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]