default_image

5 years ago

January 29, 2021

गजराज जोशी कपमा वडा नम्वर २ च्याम्पियन

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वडा नम्वर २ ले टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

टोखास्थित भुतखेल मैदानमा शुक्रबार भएको फाइनलमा वडा नम्वर ८ माथि ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो ।

वडा नम्वर २ को जितमा दिनेश डंगोलले २ तथा सरोज श्रेष्ठले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा २ गोल भएको थियो । खेलको पहिलो मिनेटमा दिनेश डंगोलले गोल गर्दै वडा नम्वर २ लाई अग्रता दिलाएको थियो । ६७औं मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दै वडा नम्वर २ को अग्रता दोब्बर बनायो ।

७३औं मिनेटमा कप्तान सरोज श्रेष्ठले गोल गर्दै वडा नम्वर २ लाई उपाधि दिलाए । वडा नम्वर ८ ले पनि केही अवसर पाएपनि सदुपयोग हुन नसक्दा उपाधि बिमुख बन्यो । उपाधिसँगै वडा नम्वर २ ले ७० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो भएको वडा नम्वर ८ ले ३५ हजार रुपैयाँ प्राप्त गरे ।

वडा नं ८ का अनिल थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । वडा नम्वर २ का सन्जय श्रेष्ठ उत्कृष्ट गोलरक्षक, वडा नम्वर १ का सागर डगोंल उत्कृष्ट डिफेन्डर र प्रतियोगितामा ५ गोल गरेका वडा नम्वर २ का सरोज श्रेष्ठ सर्वाधिक गोलकर्ता चुनिए । .उनीहरुले समान ३–३ हजार रुपैया प्राप्त गरे ।

प्रतियोगितामा वडा नम्वर ६ अनुशाासित टोली घोषित भए । विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला , नेपाल फुटभली संघका अध्यक्ष मनिष जोशी, वडा नं १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, आयोजक एसडी ९९ स्र्पोटस कर्नरका अध्यक्ष सुजन दुलाल लगायतले पुरस्कृत गरे ।

५ माघदेखि शुरु भएको प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको थियो । प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको थियो । एजुकेन पार्टनरमा हर्टल्यान्ड एकेडेमी रहेको थियो ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.