5 years ago
January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपाली खेलाडी मध्ये शनिबार सर्वाधिक ६१९ अंक जोडेकी छन् ।

उक्त स्पर्धामा ३ नेपाली महिला खेलाडी सहभागी थिए । एसियाली सुटिङ महासंघको तत्वावधानमा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा कल्पना परियारले ६१७ तथा मिरा बन्जाराले ५९१.३ अंक बटुले ।
उक्त स्पर्धाको पुरुषमा हरिबहादुर थापाले ५९०.८, अर्नव घिमिरेले ५६८.९ र कुमार कार्कीले ५६४.३ अंक जोडेका छन् । यो स्पर्धामा पनि ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष÷महिलाको राइफलतर्फ ६५४ पूर्णाङ्क थियो ।
शुक्रबार भएको पुरुष/महिला १० मिटर एयर पेस्तोलको समग्र नतिजा आयोजकले प्रकाशित गरेको छ । पुरुषमा नेपालका विपेश खड्का ३८ औं, बद्रुउद्दिन अन्सारी ४३ औं तथा सुखदेव थारु चौधरी ४४ औं स्थानमा रहे ।
४७ खेलाडी सहभागी उक्त स्पर्धामा भारतका सौरभ चौधरी पहिलो, इरानका फोरुघी जाभद दोश्रो तथा भारतका सरोबजित सिंह तेश्रो भए । महिलामा नेपालका कृष्णा थापाले २७ औं तथा सरिता बस्नेतले ३८ औं स्थान हासिल गरे ।
समग्रमा ४५ खेलाडीले भाग लिएका थिए । इरानकी हनीयेह रोस्तामियान, इरानकै गोल्नोस सेबातोल्लाही र भारतकी भकर मानु क्रमशः शीर्ष तीन स्थानमा रहे । एयर राइफलको समग्र नतिजा आइतबार थाहा हुने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]