default_image

5 years ago

January 30, 2021

सहारा सुपर मार्केटलाई भलिबल उपाधि

163 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – सहारा सुपर मार्केट सौराहा चोकले याम बहादुर पुन स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

सिमलटाँडी चितवनमा शनिबार भएको फाइनलमा मणि मुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–१ को सेटमा पराजित गर्दै सहाराले उपाधि जितेको हो । सहाराले सुरुवाती सेट २२–२५ ले गुमाएपनि त्यसपछिको बाँकी तीन सेट २५–२२, २५–२१ र २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

त्यसअघि शनिबारै वालिङ भलिबल क्लब स्याङ्जाले पाल्पाली भलिबल क्लब पश्चिम नवलपरासीलाई २६–२४, २६–२४ र २५–१२ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

उपाधिसँगै सहारा सुपर मार्केटले १ लाख १ सय ११ रुपैयासहित कप, ट्रफी र मेडल प्राप्त गरेका छन् । दोस्रो भएको मणि मुकुन्दले ५० हजार रुपैयाँ हात पारेको छ । तेस्रो भएको वालिङले २५ हजार तथा चौथो भएको पाल्पाली भलिबल क्लबले १२ हजार ५ सय रुपैया प्राप्त गरेको आयोजक करवाखेली पुना समाजले जानकारी गराएको छ ।

मणि मुकुन्द भलिबल क्लबका आदर्श रसाइली प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले ३ हजार रुपैयाँ हात पारे । सहाराका हरि पाण्डे उत्कृष्ट स्पाइकर, सुजन चोखाल उत्कृष्ट सेटर र सहाराकै राजन दर्लामी मगर उत्कृष्ट लिवेरो चुनिए । उनीहरुले समान २ हजार ५ सय प्राप्त गरे ।

१३ माघदेखि भएको प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको थियो ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.