5 years ago
January 31, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोली पुरुषका कप्तान इम राना र महिलाकी प्रभावशाली खेलाडी प्रतिभा माली मनोरञ्जन शर्मा अवार्डबाट सम्मानित भएका छन् ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माको नाममा स्थापना भएको अवार्डको तेस्रो संस्करणबाट आइतबार इम र प्रतिभालाई सम्मान गरिएको हो । गत वर्षको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिएको संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
अवार्डसँगै इम र प्रतिभाले समान ३५–३५ हजार रुपैयाँका साथै सम्मानपत्र प्राप्त गरेका छन् । प्रतिभा सम्मलित महिला टोलीले गत वर्ष बंगलादेशमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण र स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो ।
त्यस्तै इमको नेतृत्वमा नेपालले चार वर्षअघि एभिसी सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो । पुरुष भलिबलमा नेपालले जितेको त्यो पहिलो पदक हो । १३ औं सागमा नेपाल समूह चरणबाट अघि बढ्न नसकेपनि इमको प्रदर्शन उच्च रहेको थियो ।

इम र प्रतिभालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश कुमार सिलवाल, संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, कामारु ट्रेडिङ (केल्मी नेपाल) का कन्ट्री म्यानेजर प्रदीप न्यौपाने, काठमाडौं चितवन महिला संघकी अध्यक्ष सावित्री अधिकारी, संघका उपाध्यक्षद्धय निरोज मास्के र कुमारराज सुवेदीलगायतले सम्मानित गरे ।
२०७४ साल जेठ ८ गते भलिबल राष्ट्रिय खेल घोषणा भएको खुसीयालीमा अध्यक्ष शर्माले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । अक्षयकोषको व्याजबाट आउने रकमबाट हरेक वर्ष एक महिला र एक पुरुष खेलाडलाई अवार्डबाट सम्मानित गरिदै आएको छ । पहिलो संस्करणमा धन बहादुर भट्ट क्षेत्री र सरस्वती चौधरी तथा गत वर्ष कुलबहादुर थापा र सरस्वती चौधरी यो अवार्डबाट सम्मानित भएका थिए ।

सदस्य सचिव सिलवालले अवार्डको पुरस्कार राशी बढाउन सुझाव दिएका छन् । उनले भने,‘ जुन बैंकमा अक्षयकोष खाता खोल्नु भएको छ त्यहि बैंकलाई अनुरोध गर्नुभयो भने व्याजमा नपुग रकम थप गर्न अनुरोध गर्नुहोला । कम्तीमा एक जनाले ५० हजार रुपैयाँ पाउने वातावरण बनोस् ।
सिलवालले लिग भलिबल आयोजनामा जोड दिएका छन् ।
‘नयाँ खेलाडीले प्रतिभा देखाउने अवसर र विदेशी खेलाडीलाई समेत खेलाउन मिल्ने गरि लिग आयोजना गर्ने योजना बनाउन होस् ,’ उनले भने,‘ त्यसले भलिबल खेलको स्तर बढ्ने छ । त्यसका लागि आवश्यक सहयोग गर्न हामी तयार छौं ।’

संघका अध्यक्ष शर्माले सिलवालको नेतृत्वमा केहि वर्ष भित्र भलिबलको कभर्ड हल निर्माण पुरा हुने विश्वास व्यक्त गर्नुभएको छ । सदस्य सचिवका रुपमा सिलवालको आगमन भएपछि भलिबलको कभर्ड हल निर्माणका लागि उपयुक्त जग्गा छनोटको काम अघि बढेको छ, उनले थपे,‘ जग्गा प्राप्तीका लागि हामीले परिषदमा निवेदन दिएका छौं । आशा छ चाडै त्यो प्रक्रिया पूरा हुन्छ होला ।संघका महासचिव चन्दले शर्माको ४ वर्ष कार्यकालमा भलिबलले निकै ठूलो उपलब्धी हासिल गरेको चर्चा गरे ।



December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]