5 years ago
February 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भारोत्तोलन संघका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

संघका अध्यक्ष राम श्रेष्ठ ‘बोस’, उपाध्यक्ष तथा ओलम्पिक खेलाडी जगदीश प्रधान, महासचिव तिलक राउत, सचिव कुमार श्रेष्ठ, सदस्यहरु गोपाल श्रेष्ठ, रत्नमान माली, गीता श्रेष्ठलगायतले युवा तथा खेलकुद मन्त्रालयमा भेटेर मन्त्री तामाङलाई कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।
अध्यक्ष श्रेष्ठले खेलाडी प्रोत्साहन भत्तालाई निरन्तरता दिने निर्णय गरेकोमा मन्त्री तामाङको प्रशंसा गर्दै यस कार्यबाट ओलम्पियन, एशियाली, दक्षिण एशियाली प्रतिस्पर्धामा पदक जितेका खेलाडीहरु लाभान्वित हुने भएकाले खेलाडी तथा खेलकर्मीहरु हर्षित बनेको बताए ।
मन्त्री तामाङले भारोत्तोलन संघका पदाधिकारीहरुसंगको भेटघाट र अन्तक्र्रियाले आफुलाई थप सक्रिय हुन उर्जा मिलेको बताए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]