5 years ago
February 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतले वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत पुरुष डबल्समा मंगलबार जित हात पारेका छन् ।

तदोबाटोस्थित टेनिस कोर्टमा आरभ र अकीको जोडीले भारतका अरुनभा मजुम्दार र वाइत ओब्रियनको जोडीलाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे ।
महिला डबल्समा नेपालका सलोनी तामाङ र प्रेरणा कोइरालाको जोडीले अमेरिकाकी साइना देशपान्डे र भारतकी भूमिका त्रिपाठीको जोडीलाई ६–३ र ६–४ को सीधा सेटमा हराए । पुरुष सिंगल्समा नेपालका सम्यकभूषण वज्राचार्य, श्रीयोग अधिकारी र प्रणव मानन्धर पराजित भए ।
सोही स्पर्धाको महिलामा नेपालका प्रकृति श्रेष्ठ, अभिलाषा विष्ट र रायना शाहले पराजय व्यहोरे । पुरुष डबल्स मा नेपालका इभ्येक जोशी र प्रितम परियार, सम्यक र आर्यन गिरी, श्रीयोग र निश्चल कायश्थ तथा प्रणव र चिराग तिमिल्सिनाको जोडीले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे ।
उक्त स्पर्धाको महिलामा नेपालका इशाश्री शाह र सर्वानी श्रेष्ठ, अजा रेग्मी र शुभाङ्गीलक्ष्मी शाह तथा रायना र प्रकृति श्रेष्ठको जोडी आ–आफ्नो खेलमा चुके ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]