default_image

5 years ago

February 4, 2021

सहारा एकेडेमीलाई कांग्रेस खेलकुद विभागको सहयोग

118 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाली काग्रेंस केन्द्रिय खेलकुद विभागले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामाग्रिको साथमा मास्क सहयोग हस्तान्तरण गरेको छ ।

तस्विरः सुदर्शन रञ्जित

विभाग प्रमुख तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सहितको एक टोलीले सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई २५ थान बल र एन नाइन्टीफाइभ (एन–९५) मास्क १ हजार ५ सय थान सहयोग सामाग्री हस्तान्तरण गरेको हो । सो अवसरमा प्रमुख बस्नेत सहितको टोलीले एकेडेमीको निरिक्षण समेत गरेको थियो ।

कार्यक्रममा बोल्दै संघका विभाग प्रमुख बस्नेतले क्लवले गरेको कार्यको प्रशंसा गर्दै एकेडेमीमा रहेका वालकहरुको फुटवल एकेडेमी सहित भरणपोषणमा थप आवश्यक सहयोग गर्ने बताए । अखिल नेपाल फुटवल संघ(एन्फा)का बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले क्लवको एकेडेमी अभियानमा एन्फा र सरकारी निकायबाट समेत थप सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिए ।

तस्विरः सुदर्शन रञ्जित

नेपालको नाम राखेको क्लवलाई हालसम्म एन्फाबाट खासै सहयोग नभएकोमा गुनासो गर्दै अब सहयोग गर्ने वातावरण सृजना गर्ने उनले जनाए । उनले सामाजिक क्षेत्रमा समेटेर राम्रो अभियान थालेको क्लवले नेपालकै नमूना एकेडेमीको रुपमा काम गरेकोमा क्लवको अभियानलाई सवैले साथ र सहयोग गर्नु पर्ने बताए ।

क्लवका संस्थापक अध्यक्ष वसन्त थकालीले स्वागत सहित क्लवको बारेमा जानकारी गराए । पूर्व अध्यक्ष विक्रम थकालीले क्लवको बारेमा जानकारी गराएका थिए । टोलीमा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राई, उपाध्यक्ष विरबहादुर खड्का, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचन लगायतका सहभागि भएका थिए । क्लवका अध्यक्ष थापाले सहभागिलाई एकेडेमीको बारेमा जानकारी गराउर्दैै उनीहरुलाई स्वागत गरेको क्लवका सहसचिव सुनिल रानाले बताए ।

तस्विरः सुदर्शन रञ्जित

कार्यक्रममा तमु धिंका संस्थापक अध्यक्ष कर्मा गुरुङले लोकतान्त्रिक खेलकुद संघका संयोजक मोहन बहादुर बस्नेतलाई भाङ्रा र काँग्रेस नेतृ सरस्वती गुरुङले फेता लगाएर सम्मान सँगै स्वागत गरेका थिए ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.