default_image

5 years ago

February 5, 2021

दुवाथलन सिरिजको तेश्रो चरण बज्रबाराहीमा

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा जारी दुवाथलन सिरिज अन्तरगत तेश्रो चरणको क्रस दुवाथलन च्याम्पियनसिप ललितपुरको चापागाँउस्थित झरुवारासी, बज्रबाराहीमा शनिबार आयोजना हुँदै छ ।

यस अघि २.५ किमि दौड १० किमि साईक्लिङ र १.३ किमि दौडको सिरिज अन्तरगतको पहिलो चरणको च्याम्पियनसिप नेपालकै पुराने सहर टोखामा आयोजना भईसकेको छ भने दोश्रो चरणको च्याम्पिनसिप माघ १० गते ऐतिहासिक सहर किर्तिपुरमा आयोजना भई सकेको छ ।

सिरिज अन्तरगतको क्रस दुवाथलन प्रत्येक दुई हप्ताको अन्तरमा टोखा, किर्तिपुर र ललितपुरमा आयोजना गरिने छ । यसै अन्तरगतको तेश्रो चरणको च्याम्पियनसिप भोली शनिबार आयोजना हुन लागेको हो ।

चौथो फेरि टोखामा र पाँचौ किर्तिपुरमा आयोजना हुने छ भने छैटौ च्यान्पियनसिप उपत्यका बाहिर पोखरामा आयोजना हुने नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।

नेपाल ट्राईयाथलन संघको स्थापना पश्चात संघको एकल पहलमा विभिन्न प्रतियोगिताहरु संचालन गर्दै आईरहेको अवस्थामा जम्प नेशन ट्राईयाथलन संग जोडिन आई पुगेको छ ।

खेल माध्ययमबाट स्वस्थ नागरिक र नव खेलाडी उत्पादन गर्दै खेल समुदायको निर्माण गर्ने उद्धेश्यले स्थापना भएको जम्प नेशनले ट्राईयालन संघले आयोजना गर्ने राष्ट्रिय प्रतियोगिताहरुमा ब्यवस्थापनको कार्य गर्ने गरि सहकार्यमा आएको हो ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.