5 years ago
February 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले टोकियो ओलम्पिकमा छनोट भएका खेलाडीद्धय सुस्मिता नेपाल र कल्पना परियारलाई खेल सामग्री हस्तान्तरण गरेको छ ।

एनओसीले ओलम्पिक सोलिडारिटी कोर्स अन्तरगत ओलम्पिक छात्रवृत्तिमा रहेका तथा सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता हुने १० (दश) मिटर एयर राईफलका सुटिङका खेलाडीद्धय सुस्मिता नेपाल र कल्पना परियार) लाई खेल सामग्री हस्तान्तरण गरिएको हो ।
उनीहरुलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यबाट किट्स व्याग, ट्रयाकसुट, जुत्ता तथा अन्य खेल सामाग्रीहरु शुक्रबार सातदोबाटोस्थित सुटिङ रेञ्जमा हस्तान्तरण गरेका हुन् । उक्त खेल सामाग्रीको उपयोगले खेलाडीहरुको खेलमा स्तरवृद्धि हुने उपाध्यक्ष बैद्यले बताए ।
नेपाल सुटिङ संघले सुस्मिता र कल्पनालाई ओलम्पिकको लागि छनोट गरेको थियो । कार्यक्रममा सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, उपाध्यक्ष ध्रुव रायमाझी, प्रशिक्षक र खेलाडीहरुको सहभागीता रहेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]