5 years ago
February 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुनसरी धरानका किरण लिम्बु तेश्रो संस्करणको क्रस दुवाथलन सिरिजमा च्याम्पियन भएका छन् ।

किरणले निर्धारित २.५ किमि दौड, १० किमि साईक्लिङ र १.३ किमि दौडको दुरी ३५ मिनेट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बु च्याम्पियन भएका हुन् । लिम्बुले पुरा गरेको समय तेश्रो संस्करणसम्मको सवै भन्दा छिटो हो ।
पहिलो संस्करणमा सुरेश भुजेलले ३५ः४० मिनेटमा र दोश्रो संस्करणमा अच्युत कृष्ण खरेल ३७ मिनेट २७ सेकेन्डमा दुरी पुरा गर्दै च्याम्पियन बनेका थिए । महिलातर्फ अनिशा गुरुङले ४३ः५४ मिनेटको छोटो समय कायम राखेकी छिन् ।
ललितपुरको बज्रबाराही, झरुवारासीमा भएको च्याम्पियनसिपको पुरुषतर्फ सुरज कुमार पासवान दोश्रो र मौलिक महर्जन तेश्रो भए । पासवानले निर्धारित दुरी ४० मिनेट ३२.९३ सेकेन्डमा र महर्जनले ४० मिनेट ५६.८५ सेकेन्डमा पुरा गरे ।
नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा भएको सिरिजमा महिलातर्फ बिदिशा चौधरीले निर्धारित दुरी ४९ मिनेट ५२.४१ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भईन् । दुई मात्र खेलाडीले सहभागिता जनाएको महिलाको प्रतिस्पर्धामा अर्की खेलाडीले निर्धारित दुरी पुरा गर्न नसकी बिचमै प्रतिस्पर्धा त्यागे पछि चौधरी च्याम्पियनको हकदार बनेकी थिईन् ।
लिम्बु र चौधरीले किङस लञ्जद्वारा प्रायोजित ३ हजार बराबरको भौचर, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । दोसो हुनेले पिएएनसी (प्याङ) को तर्फबाट प्रदान गरिएको खेलाडीहरुले प्रयोग गर्ने सामाग्री प्राप्त गरे । तेश्रो हुनेले टेरिज क्याफेसिनोको तर्फबाट प्रदान गरिएको ५ सय बराबरको भौचर प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, इमराल्ड नेशनल स्कुलका प्रिन्सिपल जित क्षेत्री, समाजसेवी दीपक राज घिमिरे लगायतले पुरस्कृत गरे ।
पहिलो संस्करण टोखामा र दोश्रो संस्करण किर्तिपुरमा आयोजना भईसकेको छ । तीन महिनासम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने च्याम्पियनसिपको चौथो संस्करण टोखामा र पाँचौ किर्तिपुरमा हुने छ । सिरिजको अन्तिम तथा छैटौं संस्करण उपत्यका बाहिर पोखरामा आयोजना हुने संघले जनाएको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]