default_image

5 years ago

February 7, 2021

प्रवीन र सञ्जय सफल

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रवीण लामा र सञ्जय वज्राचार्य प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा आइतबार विजयी भएका छन् ।

प्रवीणले सुजन मगरलाई ३–२ तथा सञ्जयले सन्देश रुम्बालाई ३–१ को फ्रेमा पराजित गरे । वाङछु तामाङले अनिल गिरीलाई ३–० तथा सुरेश लामाले छेङगा लामालाई ३–० ले हराए ।

प्रतियोगिता पुरस्कार राशी र खेलाडी सहभागिताका आधारमा नेपाली स्नुकरको इतिहासमा यो अहिलेसम्मकै सर्वाधिक हो । १४७ ब्रेककर्तालाई १० लाख नगद प्रदान गरिने छ । उपाधि विजेताले २ लाख ११ हजार ५ सय, उपविजेताले ९१ हजार ५ सय तथा तेश्रो हुने दुई खेलाडीले ३० हजार ५ सय नगद पुरस्कार पाउने छन् ।

४ क्वाटरफाइनलिस्टले समान १० हजार ५ सयका दरले नगद पुरस्कार जित्ने छन् । ८० अंक ब्रेककर्तालाई २१ हजार ५ सय तथा सेन्चुरी ब्रेककर्तालाई २ लाख १ हजार नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट र अनुशासित खेलाडीलाई समान ११ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी छन् । स्नुकर खेलाडी राजन लामाको अग्रसरतामा यति ठूलो प्रतियोगिता सम्भव भएको नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष समेत रहेका चारपटकका स्नुकर राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीले जनाएका छन् ।

राजन स्व. चक्रका चेला पनि हुन् । प्रतियोगिताको गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे, चक्र लामाकी धर्मपत्नी चन्द्रमाया लामा र किसन लामाकी पत्नी सकिला लामाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.