5 years ago
February 8, 2021
बुटवल (हाम्रो खेलकुद) – भैरव एफसी नवलपरासी रुपन्देहीको सैनामैना जारी तेस्रो मेयरकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा भैरब एफसी नवलपरासीले चापाकोट युनाइटेडलाई २–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो ।
सैनामैना नगरको आयोजना तथा जनप्रिय स्पोर्टिङ युवा क्लबको व्यवस्थापनमा स्थानीय सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा भैरब एफसीको जितमा रोशन रानाले दुई गोल गरे । चापाकोटका डोना थापाले गोल गरेपनि हार टार्न सकेन ।
खेलको १३औं मिनेटमा रोशन रानाले गोल गर्दै भैरवलाई १–० ले अघि बढाए । ४९औं मिनेटमा डोना थापाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७५औं मिनेटमा रोशन रानाले गोल गर्दै भैरवलाई २–१ को जित दिलाए । भैरबका रोशन म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा मंगलबार नव कञ्चन एफसी र मुर्गिया एफसी सुर्योदयका बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले २ लाख २२ हजार २२२ नगद राशीसहित ट्रफि र मेडल प्राप्त गर्नेछ ।
दोस्रो हुनेले १ लाख ११ हजार १११ रुपैयाँ नगद प्राप्त गर्ने छ । यसैगरी विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]