default_image

5 years ago

February 11, 2021

डायमन्डसँग हारेपनि पुलिस फाइनलमा

186 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्य डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएपनि विभागीय नेपाल पुलिस क्लब प्रथम आमन्त्रण टाइगर कप खुल्ला भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको खेलमा पुलिस डायमन्डसँग ३–१ को सेटमा पराजित भएको थियो । पुलिसको तीन खेलमा ६ अंक रहेको छ । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा डायमन्डले २७–२५ को जित निकालेको थियो । दोस्रो सेटमा पुलिसले ३१–२९ को जित निकालेको थियो । तेस्रो सेट डायमन्डले २७ –२५ ले तथा चौथो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै डायमन्डले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भयो ।

यो जितसँगै डायमन्डले फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । अपराजित रहेको डायमन्डको दुई खेलबाट ५ अंक छ ।

पुरुषतर्फ बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्दै फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ ।

आर्मीले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि आर्मीले २५–२१ ले जित्न सफल भयो । तेस्रो सेटमा आर्मीले २५–१८ को सहज जित निकाल्न सफल भयो । यो जितसँगै पुरुषतर्फ सबै चार टोलीको फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.