5 years ago
February 21, 2021
पोखरा (हाम्रो खेलकुद) – स्वर्गिय महेश खड्काको स्मृतिमा पोखरा रंगशालामा यही बुधबारदेखि महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

युनाइटेड पोखरा क्लब कास्कीको आयोजनामा प्रतियोगिता १२ देखि १५ फागुनसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुन लागेको हो । स्व.खड्काको सम्झनामा स्थापना गरिएको स्मृति कपलाई निरन्तरता दिई खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सुरु गरिएको क्लबका उपाध्यक्ष तथा खेलकुद संयोजक युवराज भण्डारीले बताए ।
मूल आयोजक समिति उपाध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मण काप्रीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले उनको सम्झनामा यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
पुरुषतर्फ प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ५० हजार र महिलातर्फको विजेताले २५ हजार र दोस्रो हुनेले १५ हजार पाउनेछन् । विधागतमा पुरस्कारको व्यवस्था गरिएको छ ।
क्लबका अध्यक्ष अनिल गुरुङले प्रतियोगिताबाट संकलित रकम दिवंगत खड्काको परिवारलाई प्रदान गर्नुका साथै सामाजिक एवम् खेलकुदको विकास र विस्तारको लागि खर्च गरिने बताए ।
स्याङ्जा विरुवा गाउपालिका १ मा जन्मिएका उनको २०७५ भाद्र ३ गते २२ वर्षको उमेरमा असामयिक निधन भएको थियो । स्व.खड्का राष्ट्रिय भलिबल खेलाडी समेत हुन । स्थानिय, क्षेत्रीय हुँदै राष्ट्रिय भलिबल प्रतियोगिता समेत खेलेका उनी राष्ट्रिय टोलीबाट समेत खेल्ने सम्भावना बोकेका खेलाडी थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]