default_image

3 years ago

February 19, 2021

मुख्यमन्त्री कप भलिबलः स्याङ्जा र तनहुँ तथा म्याग्दी र पर्वत फाइनलमा

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा र तनहुँ तथा म्याग्दी र पर्वत पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगितमामा पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

स्याङ्जा र तनहुँ पुरुषतर्फ तथा म्याग्दी र पर्वत महिलातर्फको उपाधिनजिक पुगेका हुन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको पुरुषतर्फको सेमीफाइनलमा स्याङ्जाले पर्वतलाई ३–१ सेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

स्याङ्जाले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा २५–१७ को सेटमा जित निकालेको थियो । तेस्रो सेट पर्वतले २७–२५ ले आफ्नो पक्षमा पार्दै खेललाई चौथो सेटमा लम्ब्याएका थिए । तर चौथो सेटमा स्याङ्जा २५१७ को सोझो सेटमा विजयी हुदै उपाधिनजिक पुग्यो ।

दोस्रो सेमिफाइनलमा तनहुँले बलियो मानिएको म्याग्दीलाई ३–१ सेटले पराजित गर्दै फाइनलमा स्याङ्जासँगको भेट पक्का गर्‍यो । पहिलो सेट २१–२५ ले गुमाएको तनहुँले रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट ३२–३० को जित निकालेको थियो । तेस्रो सेट २५–१४ ले सहजै आफ्नो पक्षमा पार्दा चौथो सेट तनहुँले २५–२२ ले जित्न सफल भयो ।

महिलातर्फ म्याग्दीले तनहुँलाई ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । एक पक्षीय खेलमा म्याग्दीले तनहुँमाथि २५–११, २५–१९ र २५–१३ को सोझो सेटमा जित निकाल्यो ।

अर्काे खेलमा पर्वतले आयोजक कास्कीलाई ३–० को सोझो सेटमा हराउदै फाइनलमा म्याग्दीसँगको भेट पक्का गर्‍यो । पर्वतले कास्कीलाई २५–१५, २५–२३ र २५–१२ को सोझो हराउन सफल भयो ।
प्रतियोगिताको फाइनल र तेस्रो स्थानको लागि शनिबार प्रतिस्पर्धा हुनेछ ।

कास्की जिल्ला भलिवल संघद्वारा आयोजित प्रतियोगिताको महिला र पुरुष दुवै विजेताले समान २–२ लाख तथा उपबिजेता दुबैले नगद १–१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले समान ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीसँगै व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, डिफेन्डर, स्पाइकर र सेटरलले समान ५–५ हजार प्राप्त गर्नेछन् ।

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । प्रो भलिबल एकेडेमी अहिले पुरुष डिभिजन वानमा रहेकाे छ । त्याे भन्दामाथि पुरुष रिजर्भ र पुरुषा प्रिमियर लिग हुनेछ । यससँगै विशाल एसभिएल खेल्ने पहिलो […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.