5 years ago
February 20, 2021
पोखरा (हाम्रो खेलकुद) – म्याग्दी तथा नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुषतर्फ तनहुँका मिलन चन्द ठकुरी सर्वाेत्कृष्ट घोषित भए ।

पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा अरुणाले आफ्नो टोली म्याग्दीलाई तथा मिलनले आफ्नो टोली तनहुँलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिकासँगै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीहरु दुवैले समान ५–५ रुपैयाँ प्राप्त गरे ।
महिलातर्फ तनहुँकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पर्वतकी हिरा केसी ब्लकर, म्याग्दीकी कमला पुन सर्भर, तनहुँकी बबिसरा राना सेटर, कास्कीकी अंशु थापा डिफेन्डर र म्याग्दीका तेजेन्द्र बानियाँ क्षेत्री उत्कृष्ट प्रशिक्षक चुनिए ।

पुरुषतर्फ तनहुँका अशोक श्रेष्ठ उत्कृष्ट स्पाइकर, स्याङ्जाका महेन्द्र श्रेष्ठ ब्लकर, स्याङ्जाका बिवश थापा सर्भर, तनहुँका बिवश आले सेटर, स्याङजाका राजन दर्लामी मगर डिफेन्डर र तनहुँका पदम सुनार उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरु सबैले समान ५–५ हजार प्राप्त गरे ।
सर्वाेत्कृष्ट – अरुणा शाही (महिला– म्याग्दी) र मिलन चन्द ठकुरी (पुरुष– तनहुँ)
स्पाइकर – उषा भण्डारी (महिला– तनहुँ) र अशोक श्रेष्ठ (पुरुष – तनहुँ)
ब्लकर – हीरा केसी (महिला– म्याग्दी) र महेन्द्र श्रेष्ठ (पुरुष – स्याङ्जा)
सर्भर – कमला पुन (महिला– म्याग्दी) र बिवश थापा (पुरुष – स्याङ्जा)
सेटर – बबिसरा राना (महिला – तनहुँ) र तनहुँका बिवश आले (पुरुष – तनहुँ)
डिफेन्डर – अंशु थापा (महिला – कास्की) र राजन दर्लामी मगर (पुरुष – स्याङ्जा)
प्रशिक्षक – तेजेन्द्र बानियाँ क्षेत्री (महिला– म्याग्दी) र पदम सुनार (पुरुष – तनहुँ)
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]