default_image

5 years ago

February 26, 2021

रेगन क्वाटरफाइनलमा

100 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा शुक्रबार भएको प्रतियोगितामा नेपाल नम्बर वान रेगनले लास्ट ब्रेकका सनोज खड्गीलाई ५–२ को फ्रेममा पराजित गरे । फस्ट ब्रेकका अमन कार्कीले माउन्ट एभरेष्टका कृतेश ज्ञवालीलाई ५–३, एएक्सएनका वाङचु तामाङले ब्रेक प्वाइन्टका सञ्जय वज्राचार्यलाई ५–४ र एस स्नुकरका मिलन लामाले बेम्बु कोटेजका राजन गुरुङलाई ५–१ को फ्रेममा हराउदै क्वाटरफाइनलमा पुगे ।

बाँकी ४ प्रि–क्वाटरफाइनल शनिबार हुने छ । त्यस दिनको प्रिक्वाटरफाइनल राजेन लामा र जिमी लामा, विकास महर्जन र सोम लामा, कुनाल श्रेष्ठ र दीपक मगर तथा फुरी शेर्पा र सक्षम श्रेष्ठबीच हुने छ । प्रि–क्वाटरफाइनल ‘बेस्ट अफ नाइन’ आधारमा भइरहेको छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.