default_image

1 year ago

November 15, 2022

विश्व क्रिकेटका नयाँ सुपरस्टार

इंग्ल्यान्डलाई आइसिसी टि२० विश्वकप २०२२ को उपाधि जिताउन युवा स्टार साम करनले सानदार प्रदर्शन गरे । पाकिस्तानलाई फाइनलमा पाँच विकेटले हराउँदै च्याम्पियन बनाउन २४ वर्षीय बायाँ हाते अलराउन्डर साम करनले ४ ओभरमा १२ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिएका थिए । इंग्ल्यान्डलाई च्याम्पियन बनाउन सानदार बलिङ गरेका साम करन प्लेयर अफ द फाइनल र सर्वोत्कृष्ट […]

57 views

0 Bookmark

इंग्ल्यान्डलाई आइसिसी टि२० विश्वकप २०२२ को उपाधि जिताउन युवा स्टार साम करनले सानदार प्रदर्शन गरे । पाकिस्तानलाई फाइनलमा पाँच विकेटले हराउँदै च्याम्पियन बनाउन २४ वर्षीय बायाँ हाते अलराउन्डर साम करनले ४ ओभरमा १२ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिएका थिए ।

इंग्ल्यान्डलाई च्याम्पियन बनाउन सानदार बलिङ गरेका साम करन प्लेयर अफ द फाइनल र सर्वोत्कृष्ट खेलाडी दुवै चुनिए । करनले ६ खेलमा २२.४ ओभरमा १ सय ४८ रन खर्चेर १३ विकेट लिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहे । उनीअघि श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा १५ विकेटका साथ शीर्ष स्थानमा रहे ।

साम करनले पहिलो खेलमै अफगानिस्तानविरुद्ध ३.४ ओभरमा १० रन खर्चेर ५ विकेट लिएका थिए । यस विश्वकपमा पाँच विकेट लिने एक मात्रै खेलाडी हुन् । आयरल्यान्ड र न्युजिल्यान्डसँग समान दुई दुई विकेट लिएका थिए । श्रीलंकासँग एक र भारतविरुद्ध विकेट विहीन बनेका थिए । बायाँ हाते साम करनले अष्ट्रेलियाको कन्डिसनको भरपूर्ण फाइदा उठाउँदै डेथ ओभरमा सानदार प्रदर्शन गरेका थिए ।

‘ईमान्दारिका साथ भन्दा म केहि बोल्न शब्द छैन । यो एक उत्कृष्ट प्रतियोगिता भएको छ । मेरा लागि यो पहिलो विश्वकप थियो र हामीले जित्यौं । समर्थकहरुको भिड साँच्चै अद्भुत थियो’, उपाधि जितेपछि करनले भने ।

त्यसैमा थपे, ‘म यो प्रतियोगिता खेल्न चाहन्थें । डेथ ओभरमा मैले धेरै ब्याटिङ गरेको थिइनँ । जुन यो एरियामा म सुधार गर्न चाहन्छु । यो ब्याटिङ लाइनअपमा मौका पाउन गाह्रो भएपनि म मेरो ब्याटिङमा सुधार गर्न चाहन्छु ।’

करन विष्फोटक ब्याटर हुन् । जसले ब्याटिङबाट पनि खेललाई मोड्न सक्छन् । इंग्ल्यान्डको लागि डेथ ओभर बलिङ समस्या कमजोरीको रुपमा रहँदै आएको थियो । पछिल्ला दुई विश्वकप हार्नुको मुख्य कारण पनि त्यहि थियो ।

२०१६ को टि२० विश्वकप फाइनलमा अन्तिम ६ बलमा १९ रन चाहिँदा वेस्टइन्डिजका कार्लोस व्रेथवेटले बेन स्टोक्सलाई लगातार चार छक्का हानेका थिए । २०२१ को सेमिफाइनलमा क्रिस जोर्डन, आदिल राशिद र क्रिस वोक्सले अन्तिम तीन ओभरमा ५७ रन खर्चेपछि न्युजिल्यान्डसँग पाँच विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

तर १२ महिना पछि इंग्ल्यान्डको डेथ ओभरको समस्या समाधान भयो । यस विश्वकपकै उत्कृष्ट डेथ ओभर इंग्ल्यान्डको रहन पुग्यो । फाइनलमा एक मात्रै बलर साम करन बने । जसले कुनै बाउन्ड्री दिएनन् ।

कप्तान जस बटलरले साम करनलाई प्रतिभाशाली क्रिकेटर मान्छन् । ‘साम करन एक प्रतिभाशाली क्रिकेटर हुन् । उनलाई कठिन क्षणहरु मन पर्छ । यो प्रतियोगिताको लागि योग्य खेलाडी हुन् । उनी एक उच्च प्रदर्शन गर्ने खेलाडी हुन् । युवा खेलाडी हुँदा आगमी दिनमा झनै राम्रो प्रदर्शन गर्नेछन्’, बटलरले भने ।

त्यसैमा थपे, ‘उनीमा अनुभव छ । उनी बलिङ गर्न चाहन्छन् । उनलाई तपाईं तयार छौं भनेर सोध्नु पहिला नै छु भनेर भन्छन् । उनको प्रदर्शनले सबै कुरा पाएको छ ।’

साम करनको क्रिकेट यात्रा र जीवनी

साम करनको जन्म सन् १९९८ जुन ३ मा इंग्ल्यान्डको नर्थम्प्टनमा भएको थियो । उमेर कलिलै भएपनि प्रदर्शन भरपर्दो छ । त्यसैले विश्व चर्चित अलराउन्डर बेन स्टोक्स र साम करन दुबैलाई इंग्ल्यान्डले सँगै खेलाउँदै आएको छ ।

सामको पूरा नाम स्यामुअल मैथ्यु करन हो । उनी बाँया (देब्रे) हाते ब्याट्सम्यान तथा मिडियम पेश बलिङ गर्ने गर्दछन् । उनी जिम्बाबेका पुर्व क्रिकेटर समेत रहेका केभिन कुरनका कान्छा छोरा हुन् । केभिनका तीनै भाई छोरा क्रिकेटर छन् ।

इंग्ल्यान्डका सिनियर टोलीबाट खेलिरहेका अलराउन्डर टम करन जेठा छोरा, बेन करन माईला र साम करन कान्छा छोरा हुन् । अर्थात इंग्ल्यान्डकै अर्का स्टार अलराउण्डर टम करन उनका साख्य दाई हुन् । पछिल्लो समय इंग्ल्यान्डको टोलीमा यी दुई दाजुभाईलेसँगै क्रिकेट खेल्दै राम्रो प्रभाव छोडिरहेका छन् । सुरुवाती दुबै ओडिआईसँगै खेलेपनि तेस्रो खेलमा टम करनको स्थानमा इंग्ल्यान्डले मार्कवुडलाई मौका दिएको थियो ।

क्रिकेट परिवारबाट हुर्केका करनको लगाव सानैदेखी क्रिकेटमानै थियो । दाजु र बुबाबाट उनले सानै देखी धेरै राम्रो क्रिकेट सिके ।

करन दाजुभाई आइपिएलमा

उनको क्रिकेट यात्रा यू–१५ उमेर समूहबाट अघि बढेको हो । इंग्ल्यान्डको चर्चिच क्रिकेट क्लव सर्रेबाट घरेलु क्रिकेट यात्रा थालेका करनले सन् २०१४ मा यू१५ र यू१७ क्रिकेट प्रतियोगिता खेले । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि एक वर्षपछि केन्टविरुद्ध इंग्ल्यान्डको चर्चित टी२० प्रतियोगिता नेट वेस्ट बलास्टमा सर्रेबाटनै डेब्यू गरेका थिए ।

सन् २०१५ मा नै नर्थह्याम्पटनशायरविरुद्ध डेब्यू गर्दै ७ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । घरेलु प्रतियोगितामा राम्रो छाप छोडेका उनले सन् २०१६ मा बंगलादेशमा सम्पन्न यू१९ विश्वकपमा इंग्ल्यान्डको प्रतिनिधित्व गरे । उनले ६ खेलमा ४.३६ को इकनोममी ७ विकेट लिनुका साथै ५ खेलमा २ सय १ रन जोडेपछि उनीमाथि सबैको ध्यान तानिएको थियो ।

त्यो विश्वकपको प्रदर्शन नै उनलाई त्यसै बेला भविष्यमा इंग्ल्यान्डको टोलीमा पर्ने संकेत दिएको थियो । तर मोईन अली, टम करन, बेन स्टोक्स, क्रिस वोक्स लगायतका अलराउन्डर हुँदा सहज थिएन । सन् २०१८ जुन २४ मा अष्ट्रेलियाविरुद्ध १९ वर्षको उमेरमा वान डे क्रिकेटमै डेब्यू गरे ।

उक्त डेब्यूमा १६ रन बनाउनुको साथै दुई विकेट लिएका थिए । त्यसअघि जुन १ मा पाकिस्तानसँगको दोस्रो टेष्टमा उनले सिनियर टोलीमा डेब्यू गरेका थिए ।

भारतविरुद्ध दमदार प्रदर्शन

गत अगष्ट–सेप्टेम्बरमा भारतसँगको पाँच खेलको टेस्ट सिरिजमा साम करनले उत्कृष्ट अलराउन्ड प्रर्दशन गर्दै घरेलु टोली इंग्ल्यान्डलाई ४–१ ले सिरिज जिताउन योगदान दिएका थिए ।

उक्त सिरिजको पहिलो खेलमै म्यान अफ द म्याच चुनिएका उनले उक्त सिरिजमा ४ खेलमा ७ इनिङमा २ सय ७२ रन जोड्नुका साथै ११ विकेट लिएपछि म्यान अफ द सिरिज पनि चुनिए ।

जसले उनलाई थप सफलता र चर्चाको शिखरमा पुर्यायो । त्यो समय २० वर्षीय युवा ठिटोले विश्व क्रिकेटमा दमदार प्रदर्शन गरे । अझ भारतविरुद्ध प्रदर्शन हुँदा धेरैको नजरमा परे ।

भारतसँगको टेस्टमा धमाकेदार प्रदर्शन पछि आइपिएल अक्सनमा २० वर्षिय ठिटो करनलाई पन्जावले ७ करोड २० लाख भारतीय रुपैयाँ खर्चेर टोलीमा अनुबन्ध गरेको थियो । राजस्थान रोयल्सविरुद्ध डेब्यू गरेका उनले ४ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा महँगो सावित भएका कारण मुम्बई र कोलकतासँगको खेलमा बेन्चमा बस्नु परेको थियो ।

आइपिएलमा ह्याट्रिक

आइपिएल २०१९ मा पन्जाबबाट करनले दिल्ली क्यापिटल्सविरुद्ध ह्याट्रिक गर्दै अविश्वसनिय जित दिलाएका थिए । जितको लागि १ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.२ ओभरमा अलआउट हुँदै १ सय ५२ रनमा अल आउट भएको थियो। अन्तिम १६ बलमा ८ रन जोड्दा दिल्लीले ७ विकेट गुमाएको थियो । जसमा नायक करननै थिए ।

सामान्य भाषामा हारी सकेको खेल जिताएका थिए । करनले अन्त्यमा ह्याट्रिक गर्दै पन्जाबलाई नाटकीय जित दिलाउने क्रममा करनले २.२ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएका थिए।

त्यसवर्ष ब्याटिङ र बलिङ दुबैमा राम्रो प्रदर्शन गरेपनि पन्जाबले टोलीबाट फुकुवा (रिलिज) गरेको थियो । उक्त आइपिएलमा उच्च प्रदर्शन गरेपछि इंग्ल्यान्डको एकदिवसिय विश्वकप टोलीको दाबेदार खेलाडीको रुपमा हेरिएको थियो ।

तर स्थान बनाउन सकेनन् । २०२० मा चेन्नईले उनलाई ५ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो । चेन्नईको प्रमुख अलराउन्डरका खेलेका करनले १३ विकेट लिनुको साथैं १ अर्धशतक सहित १ सय ८६ रन बनाएका थिए ।

धोनीको माष्टर प्लानमा केहि खेलमा ओपनिङ समेत गरेका थिए । देब्रे हाते करन कलिलै भएपनि मैदानमा परिपक्क प्रदर्शन गर्ने उनको खुबी हो । करनलाई बेन स्टोक्सको उत्तराधिकारी समेत भन्ने गरिन्छ ।

त्यो इनिङ

चेन्ईले २०२१ को उपाधि जित्दा साम करन टोलीका सदस्य टोलीका सदस्य थिए । खेलको दौरानमा घाइते भएपछि अन्तिम खेलहरु गुमाएका थिए । २०२१ मार्चमा पूणेमा सम्म तेस्रो ओडिआई खेलमा भारतले इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै तीन ओडिआई सिरिज २–१ ले जित्यो ।

खेल भारतले जितेपनि मन र अवार्ड इंग्ल्यान्डका खेलाडीले जितेका थिए । २४ वर्षीय युवा अलराउन्डर साम करनले अद्धभुत र अकल्पनिय विश्व कीर्तिमानी प्रदर्शन गरेपछि खेलको नतिजा अन्तिम बलसम्म पर्खनु परेको थियो ।

नतिजा भारतको पक्ष्यमा गयो र सिरिज २–१ ले जित्यो । तर सबैको ध्यान करनले आफूतिर तानेका थिए । जितको लागि ३ सय ३० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय २२ रन बनायो ।

आठौं नम्बरमा ब्याटिङ गर्न मैदान छिरेका करनले ८३ बलमा ९ चौका र ३ छक्का सहित ९५ रनमा अविजित रहँदै अन्तिम बलसम्म खेललाई रोमान्चक बनाएका थिए । अन्तिम ओभरमा १४ रन आवश्यक परेको अवस्थामा तीव्र गतिका बलर टि नटराजनले ६ रन खर्चेपछि भारतले खेल जितेको थियो ।

इंग्ल्यान्ड १६८–६ को कमजोर अवस्थामा मैदान छिर्दा धेरैले जितको आशा लगभग मारि सकेका थिए । करनको खेल्ने शैलीले भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीको झल्को दिएको थियो ।

आइपिएल नखेल्ने निर्णय

युवा स्टार साम करनलाई अक्सनमा पैसाको वर्षा हुन सक्थ्यो । तर साम करनले २०२२ को मेगा अक्सनमा आफ्नो नाम नै दिएनन् । साम करन २०२१ को अक्टोबर २ मा राजस्थान रोयल्सविरुद्ध घाइते हुन पुगेका थिए । त्यसैको कारण उनले १७ अक्टोबर देखि सुरु भएको टि२० विश्वकप गुमाउनु पर्यो ।

त्यो उनको लागि एक पिडादायी क्षण थियो । गतवर्ष विश्वकपमा साम करन फाइनल हेर्न पुगेका थिए । उनी फिट भएपछि साम करनले घरेलु क्रिकेटमा ध्यान दिए । त्यसैले उनले आइपिएल अक्सनमा नाम दिएनन् । निरन्तर मिहिनेत गरे । एकवर्ष पछि इंग्ल्यान्डलाई टि२० विश्वकप च्याम्पियन बनाए ।

नयाँ सुपरस्टार

साम करन इंग्ल्यान्ड मात्रै नभएर विश्वका नयाँ सुपरस्टार हुन् । जसले ब्याटिङ दुबैमा सानदार प्रदर्शन गर्दै एक्लै खेललाई मोड्न सक्छन् । छोटो समयमा उनले विश्व क्रिकेटमा आफूलाई प्रमाणित गरेका छन् । साम करनले जति धेरै खेल खेल्दै जान्छन् त्यतिनै उत्कृष्ट प्रदर्शनको लागि निखारिने छन् । साम करन जस्तो तीनै शैलीको खेलाडी पाउनु आफैंमा भाग्यशाली हो । विश्व क्रिकेटले लामो समय सम्म उनको अलराउन्ड प्रदर्शनमा राज देख्नेछ ।

एजेन्सीको सहयोगमा भूपेन्द्र जिसीको प्रस्तुति

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

लिभरपुलको वेस्ट ह्यामविरुद्ध बराबरी

एजेन्सी – इंग्लिश प्रिमियर लिग उपाधि दावेदार मानिएको लिभरपुल लाई उपाधि आकांक्षामा अर्को धक्का लागेको छ । पछिल्लो समय खराब लयमा रहेको लिभरपुल आज भएको खेलमा वेस्ट ह्याम विरुद्ध २-२ को बराबरीमा रोकिएको हो । पछि परेको अवस्था उल्ट्याउँदै अग्रता लिएको लिभरपुल अन्तिममा भने बराबरीमा रोकियो । ४३औं मिनेटमा जेरड बावेनले मोहम्मद कुडुसको क्रसमा हेडर […]

April 27, 2024

राष्ट्रिय महिला भलिबलमा निरुता सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले सबै खेलमा सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले ५० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरेकी छिन् । व्यक्तिगत विधामा पनि च्याम्पियन एपिएफकै खेलाडीको वर्चश्व […]

Success

Thank you for your time.