5 years ago
April 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यु डायमण्डलाई ३-२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो, तेस्रो र पाँचौं सेटमा जितका साथ विजयी सुरुवात गरेको हो । आर्मीले न्यु डायमण्डलाई २५-१७, २०-२५, २५-२३, १५-२५ र १५-१२ ले हराउँदै पहिलो जित निकालेको हो ।
पहिलो खेलमा न्यु डायमण्डले ढोरपाटन स्पोर्टस क्लबमाथि ३(० को सोझो सेटमा जित निकालेको थियो । आर्मीले आफ्नो दोस्रो खेल शनिवार ढोरपाटनसँग खेल्ने छ । न्यू डायमण्डले आफ्नो तेस्रो खेल शनिवार भरतपुर महानगरपालिका क्लबसँग खेल्ने छ ।

२६ चैतसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रो ले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्नेछन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]