4 years ago
June 10, 2021
एजेन्सी – शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच र तेस्रो वरियताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमै भिड्ने भएका छन् ।

शीर्ष वरियताका जोकोभिचले इटालियन माटियो बेरारटिनीलाई ३–१ को सेटमा पराजित गर्दै नाडालसँगको भेट पक्का गरेको हो । यि दुई टोलीले गत वर्ष फाइनल खेल्दा नाडाल च्याम्पियन बनेको थियो ।
पेरिसमा बुधबार राति भएको खेलमा ३४वर्षीय जोकोभिचले सुरुवाती दुई सेटमा ६–३ र ६–२ को सहज जित हात पारेपनि त्यसपछिको दुई सेटमा निकै संघर्ष गर्नुपर्दा तेस्रो सेट ७–६ ले गुमाएको थियो । तर चौथो सेट जोकोभिचले ७–५ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
यस्तै नाडालले १०औं वरियता प्राप्त अर्जेन्टनी डिएगो स्वार्टजमानलाई ३–१ को सेटमा पराजित गर्दै १४औं पटक फ्रेन्च ओपनको सेमिफाइनलमा पुग्न सफल भएको हो । पेरिसमा बुधबार राति भएको खेलको पहिलो सेट ६–३ ले सहजै आफ्नो पक्षमा पारेपनि नाडालले दोस्रो सेट ४–६ ले गुमाएको थियो । त्यसपछिको दुवै सेटमा नाडालले ६–४ र ६–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
अर्काे सेमिफाइनलमा ग्रीसका स्टेफानोस सिट्सीपास र जर्मनीका एलेसान्दर जेभेरेभबीच प्रतिस्पर्धा हुदैछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]