4 years ago
June 12, 2021
एजेन्सी – तेस्रो वरियताका राफयल नाडाललाई पराजित गर्दै शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचले फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएको छ ।

पेरिसमा शुक्रबार राति भएको खेलमा जोकोभिचले साविक विजेता नाडाललाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो सिजन फाइनलमा स्थान बनाएको हो । ४ घन्टा ११ मिनेट लामोसमयसम्म चलेको सेमिफाइनलमा जोकोभिचले सुरुवाती सेट ३–६ ले गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै फाइनलमा ग्रीसका स्टेफानोस सिट्टीपाससँगको भेट पक्का गरेको हो ।
दोस्रो सेट जोकोभिचले ६–३ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किएका थिए । प्रतिस्पर्धात्मक तेस्रो सेटमा जोकोभिच ७–६ ले विजयी हुदै अग्रता लिदा चौथो सेट ६–२ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । जोकोभिच छैटौंपटक फ्रेन्च ओपनको फाइनलमा पुग्न सफल भएको हो ।

जोकोभिचले २०१६ मा एन्डी मर्रेलाई पराजि गर्दै उपाधि जितेको थियो । जोकोभिच २०१२, २०१४, २०१५, २०१६ र २०२० मा फाइनलमा पुगेको थियो । अब जोकोभिचले उपाधिका लागि ग्रीसका स्टेफानोस सिट्टीपाससँग खेल्नेछ ।
स्टेफानोसले एलेसान्दर जेभेरेभलाई ३–२ को सोझो सेटमा पराजित गर्दै पहिलो पटक फाइनलमा पुग्न सफल भएको छ । स्टेफानोसले सुरुवाती दुई सेट ६–३ र ६–३ ले जितेपनि त्यसपछिको दुई सेट समान ४–६ र ४–६ ले गुमाएको थियो । तर निर्णायक सेटमा स्टोफानोसले ६–३ को सहज जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।
कीर्तिमानी १३ पटकको फ्रेन्च ओपन च्याम्पियन नाडाल तेस्रोपटक तथा ६ वर्षपछि फाइनलमा पुग्न असफल भएको हो । नाडाल २००९ मा रोविन सोल्डरलिङसँग तथा २०१५ मा जोकोभिचसँग क्वाटरफाइनलमा पराजित भएको थियो । २०१६ मा चोटका कारण तेस्रो चरणबाट आफ्नो नामा फिर्ता लिएका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]