4 years ago
June 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशका सांसद तथा मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई कारबाहीको माग गरेको छ ।

राखेपले सोमबार विज्ञप्ति जारी गर्दै परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल तथा सदस्य राजेश गुरुङबारे अमर्यादित, अशोभनिय लाल्छनायुक्त एवम् घोर निन्दनीय अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेको हो । राखेपले मनाङेबाट भएको अराजक एवं अशिष्ट भनाइबाट राष्ट्रिय खेलकुद परिषद् स्तब्ध र यस विषयमा राखेपको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राखेपले खेलकुद विकास र विस्तारमा अनवरत लागि रहेका परिषद्का सदस्य सचिव र सदस्य उपर आएको यस्ता अभिव्यक्तिले सम्पूर्ण खेल जगतको अपमान भएको समेत जनाएको छ ।
‘गण्डकी अनलाइन न्युज टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा गण्डकी प्रदेश सांसद एवं नवनियुक्त भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङज्यूबाट अभिव्यक्त भएको अराजक एवम् अशिष्ट भनाईबाट राष्ट्रिय खेलकुद परिषद् स्तब्ध भएको छ,’ राखेप कार्यवाहक सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
समाजले पचाउन नसक्ने खालक अभिब्यक्ति एउटा जनप्रतिनिधि एवं माननीय मन्त्रीबाट बाहिर आउनु आफैमा खेदजनक रहेको विज्ञप्तिमा जनाईएको छ । ‘माननीय मन्त्रीज्यूबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिब्यक्तिको राष्ट्रिय खेलकुद परिषद् घोर भत्सर्ना एवम् निन्दा गर्दै उक्त भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गर्दै दोषी उपर प्रचलित नेपाल कानून बमोजिम कानूनी कार्वाहीको समेत माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
निवर्तमान मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ रहँदा मनाङे गण्डकी प्रदेशको दुई पटक खेलकुद मन्त्री बनेका थिए । अहिले कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री नियुक्त हुदा उनी पनि मन्त्रीमा नियुक्त भएपछि उनले यस्तो आपत्तिजनक अभिव्यक्ति दिएका थिए । हाल मन्त्री मात्रै रहेको उनले भौतिक पूर्वाधार मन्त्रालय लिने सम्भावना छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]