default_image

4 years ago

June 23, 2021

खेलाडीको सुविधालाई निरन्तरता दिन सरकारलाई उपराष्ट्रपतिको ध्यानाकर्षण

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले खेलाडीलाई दिदै आएको आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘ओलम्पिक डे’ २०२१ को अवसरमा नेपाल ओलम्पिक कमिटी अन्तरगतको स्पोर्ट्स फर अल कमिसनले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले खेलाडीलाई मासिक रुपमा दिदै आएको आर्थिक सुविधामा निरन्तरता नभएको गुनासोहरु आइरहेकाले उक्त सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै उपराष्ट्रपति पासाङले फुटबल र क्रिकेटबाहेकका खेलहरुको प्रशिक्षण नियमित नभइरहेको अवस्थामा सबै खालको राष्ट्रिय खेलको नियमित प्रशिक्षणसँगै पूर्वाधार विकास गर्न पनि सम्वन्धित खेलसंघ र सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति पुनले हालसम्म संगिना वैद्य र दीपक विष्टले मात्रै छनोट चरण पार गरेर ओलम्पिक खेलेको इतिहास रहेको स्मरण गर्दै ओलम्पिक खेलको विकासका लागि दीर्घकालीन योजना बनाउनुपर्ने र ओलम्पिक सहभागितामा लगानी गर्नुपर्ने तर्क राखे ।

‘कतिऔं ओलम्पिकसम्म पुग्दा हाम्रा खेलाडीहरुले समूह चरण पार गरेर ओलम्पिकमा पुग्ने हो । कतिऔं ओलम्पिकसम्ममा हामीले पदक जित्ने लक्ष्य राख्ने हो, यसमा सरकारसँगै ओलम्पिक कमिटी र सम्बद्ध सबै पक्षले दीर्घकालीन योजना बनाएर लगानी गर्नुपर्छ,’ उनले भने ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले खेलकुदले समाजमा सकारात्मक असर पर्ने र यसले शान्ति, समृद्धि, सद्भावना र विकासका लागि सहयोग गर्ने बताए । उनले कोरोना महामारीको विषम परिस्थितिमा खेलकुदले दिन चाहेको नारा सबै सुरक्षित, स्वस्थ्य र सचेत रहोस भन्ने रहेको बताए ।

कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाली खेलकुद विकासका लागि दीर्घकालीन योजना र लगानी आवश्यक रहनेमा जोड दिए । नेपाल ओलम्पिक कमिटीको आयोजनामा स्पोर्टस फर अल कमिसनको संयोजनमा भएको कार्यक्रममा कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले कार्यक्रमका अवसरमा ओलम्पिक डेको महत्वबारे प्रकाश पारेका थिए । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले ओलम्पिक डेका अवसर सबै खेलाडीलाई बधाई दिंदै देशका लागि उच्च प्रदर्शनको अपेक्षा रहेको बताए ।

त्यसअघि नेपाल ओलम्पिक कमिटीको मुख्यालय सातदोबाटोमा उपराष्ट्रपति पुनले नेपालका झण्डा तथा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा पनि भण्डोत्तोलन गरेका थिए । ओलम्पियन मुकुन्द श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक खेलाडीको समूहले उपराष्ट्रपतिलाई ओलम्पिक टर्च पनि हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा उपराष्ट्रपति पुनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेका संघ तथा ओलम्पिक डे २०२१ मा उत्कृष्ट योगदान दिने संघलाई कदरपत्र पनि प्रदान गरेका तिए । २०७६ मा काठमाडौंमा भएको सागमा नेपालले १३ खेलमा स्वर्ण जितेको थियो ।

दराजसँग सम्झौता

नेपाल ओलम्पिक कमिटीले अलिबाबा ग्रुपअन्तर्गतको कम्पनी दराजसँग टोकियो ओलम्पिक २०२० का क्रममा नेपालमा ओलम्पिक गतिविधिको प्रवर्द्धनका लागि सम्झौता गरेका छन् । कमिटीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका कार्यकारी निर्देशक लिनो अहलेरिङले हस्ताक्षर गर्दै आदान प्रदान गरे । सम्झौतामा दराजले अब कमिटीलाई ओलम्पिक भावना, कार्यक्रम र खेलाडीको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गरेर सहयोग गर्नेछ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.