default_image

3 years ago

August 16, 2021

नेपालले दुई ओडिआई खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग खेल्ने दुई ओडिआई खेलको मिति तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पिएनजीसँग पहिलो ओडिआई भदौ २० र दोस्रो ओडिआई भदौ २३ ( सेप्टेम्बर पाँच र आठ ) मा खेल्ने भएको छ । सिरिज ओमानमा हुने छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग खेल्ने दुई ओडिआई खेलको मिति तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पिएनजीसँग पहिलो ओडिआई भदौ २० र दोस्रो ओडिआई भदौ २३ ( सेप्टेम्बर पाँच र आठ ) मा खेल्ने भएको छ ।

सिरिज ओमानमा हुने छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म हुने भएको छ । नेपाल उक्त सिरिज भन्दा १५ दिन अगाडिनै ओमान पुग्ने छ ।

ओमानले नेपाल र ओमानसँगको त्रिकोणात्मक सिरिज १३ सेप्टेम्बर देखि २० सम्म आयोजना गर्ने छ । त्यस लगत्तै ओमानले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र पपुवा न्युगिनीसँग सेप्टेम्बर २५ देखि अक्टोबर २ सम्म खेल्ने छ । उक्त सिरिज खेल्ने ओमान पुगेको पिएनजीसँग नेपालले दुई खेलको सिरिज खेल्न थालेको हो ।

त्रिकोणात्मक सिरिज लगत्तै सेप्टेम्बर २५ देखि एभरेष्ट प्रिमियर लिग (इपिएल) सुरु हुने कार्यक्रम छ । ओमानले रणजी ट्रफी खेल्ने मुम्बईको टोलीसँग समान तीन टि२० आई र एकदिवसिय सिरिज खेल्ने छ । मुम्बईको टोली २० अगष्टमा ओमान पुगि सक्ने छ ।

टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने छ । ओमानले पहिलो चरणका केहि खेलहरु आयोजना गर्ने छ । ओमान समूह बी मा छ । ओमानसँगै, बंगलादेश, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पिएनजी र स्कटल्यान्डपनि विश्वकप तयारीमा हुने छन् ।

नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग-२ मा डेब्यू गरेको थियो । कोरोना कारण ओमानले त्यसपछि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । नेपालले भने घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग वैशाखमा टि२० आई त्रिकोणात्मक सिरिज खेलेको थियो ।

नेपाल सहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

विश्वकप लिग २ अंक तालिका

ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.