default_image

7 years ago

November 8, 2016

माल्दिभ्समा मञ्जु र अरुणाको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोलीले माल्दिभ्सको महिला राष्ट्रिय भलिबल लिगमा सुखद सुरुआत गर्न सकेन । शनिबार राती भएको खेलमा मञ्जु र अरुणको टोली फेयस्दा माल्दिभियन आरसीसँग ३–० ले पराजित भएको थियो । माल्दिभियन २५–१५,२५–१६ र २५–१७ ले विजयी भएको थियो । […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोलीले माल्दिभ्सको महिला राष्ट्रिय भलिबल लिगमा सुखद सुरुआत गर्न सकेन । शनिबार राती भएको खेलमा मञ्जु र अरुणको टोली फेयस्दा माल्दिभियन आरसीसँग ३–० ले पराजित भएको थियो । माल्दिभियन २५–१५,२५–१६ र २५–१७ ले विजयी भएको थियो ।

manju-1
प्रशिक्षकले जित्नै पर्छ भनेकोले टोलीमा दबाब परेको मञ्जुले बताइन् । उनले भनिन्,‘हामीमाथि केही दबाब पनि पर्यो । त्यसमाथि उनीहरुको टोलीमा रहेको दुई अमेरिकी खेलाडीले राम्रो खेले । पहिलो खेल भएकाले हामी अलि सेट हुन सकेनौं । अर्को खेलमा सुधार गर्छौ ।’ मञ्जु र अरुणा शनिबार मात्र माल्दिभ्स पुगेका थिए ।
नेपाली खेलाडी प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित मिस्कियामागु इजीले भने लिगमा लगातार दोस्रो सफलता प्राप्त गरिसकेको छ । पहिलो खेलमा माल्दिभियन आरसिटीलाई हराएको त्यो टोलीले हिजो पोल स्टारलाई हराएको थियो । दुवै खेलमा प्रतिभा वमन अफ दी म्याच चुनिएकी थिइन् ।

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

Success

Thank you for your time.