4 years ago
August 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश दुईका अनुवभी ब्याट्सम्यान हसिम अन्सारी र बागमती प्रदेशका युवा तीव्र गतिका बलर गौतम केसीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् । हसिम र गौतम न्यूनतम मूल्य ५० हजार रुपैयाँमा अनुबन्ध भएका हुन् ।

हसिम प्रदेश दुईका अनुभवी ब्याट्सम्यान हुन् । एक दशक भन्दा लामो समयदेखि घरेलु क्रिकेटमा निरन्तर सक्रिय रहँदै आएका छन् । नेपालका लागि यू१९ विश्वकप खेलेका हसिम शीर्ष र मध्यक्रममा ब्याटिङ गर्ने गर्दछन् । गत संस्करणको प्रधानमन्त्री कपमा भने हसिमलाई प्रदेश २ ले मौका दिएको थिएन । पछिल्लो पटक हसिमले २०७६ मा सुनसरीमा भएको मनमोहन मेमोरियल क्रिकेट प्रतियोगितामा प्रदेश २ बाट खेलेका थिए ।
२०१२ को यू१९ विश्वकप नेपाली टोलीमा थिए । ‘मौका पाएको छु । आफ्नो र टिम दुबैको लागि राम्रो प्रदर्शन गर्न सक्दो प्रयास गर्ने छु । चितवनले मलाई विश्वास गरेकोमा धेरै धेरै धन्यावाद दिन चाहन्छु’, हसिमले भने । ‘मेरो लक्ष्य इपिएलमा आफूलाई प्रमाणित गर्ने हुने छ । मौका गुमाउँन चाहँदैन’, हसिमले भने ।

गौतमले प्रधानमन्त्री कपमा बागमती प्रदेशबाट चार खेलमा ११ विकेट लिएका थिए । जसक्रममा गौतम प्रदेश २ विरुद्ध चार विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । त्रिभुवन आर्मीविरुद्ध पाँच र लुम्बिनी प्रदेशविरुद्ध दुई विकेट लिएका थिए ।
‘यस अघिको म चितवन टोलीमा ट्यालेन्ट हन्टबाट थिए । बीचमा केहि समय चोटका कारण पनि हुन सकिन । यस पटक अनुबन्ध हुँदा खुसी छु । इपिएलमा धेरै कुरा सिक्न पाइन्छ’ , गौतमले भने । ‘धेरै अगाडि सोचेको छैन । तर मौका पाएकोमा भने राम्रो गर्ने छु । नेपाली टोलीका सिनियर र विदेशी खेलाडीबाट धेरै कुरा सिक्न चाहन्छु । पछिल्लो समय प्रधानमन्त्री कपमा पनि राम्रो प्रदर्शन भएको थियो । टियुमा खेलि राखेको हुँदा अझ सहज हुन्छ’, गौतमले भने ।

प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेपनि काठमाडौं मेयर्स कपमा भने बागमतीले उनलाई एक खेलमा मात्र मौका दिएको थियो । गौतम दोस्रो संस्करणको पोखरा प्रिमियर लिगमा पारस खड्का कप्तान रहेको चितवन टाइगर्सले उपाधि जित्दा टोलीका सदस्य थिए । तर खेल्ने मौका भने पाएका थिएनन् । घरेलु क्रिकेटमा राम्रो सम्भावना देखाएका युवा तीव्र गतिका बलर हुन् । तल्लोक्रममा ब्याटिङको क्षमता पनि राख्छन् ।
चितवनले न्यूनतम मूल्यमा लुम्बिनी प्रदेशका देव खनाल र त्रिभुवन आर्मी क्लबका अलराउन्डर राजेश पुलामी मगरलाई पनि न्यूनतम मूल्यमा अनुबन्ध गरेको छ ।

चितवनले विदेशी खेलाडीको रुपमा अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद, पाकिस्तानका अलराउन्डर दानिस अजिज, मलेसिया चर्चित युवा ब्याट्सम्यान विरनदीप सिंह र श्रीलंका अलराउन्डर सिक्कुगे प्रसन्नालाई टोलीमा अनुबन्ध गरेको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवनमा दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे, खडक बोहरा स्वदेशी खेलाडी रहेका छन् । इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ ।
यो पनि पढ्नुहोस् : देव र राजेशले चितवनबाट इपिएल खेल्ने
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]