9 years ago
November 8, 2016
धनगढी (हाम्रो खेलकुद) – किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले सुदूरपश्चिमका नौ वटा जिल्लाका खेलाडीहरुलाई करीव २५ लाख रुपैया बराबरको खेलकुद सामग्री प्रदान गरेका छन् । उनले चार सय थान तेक्वान्दो डे«स, ६४ सेट तेक्वान्दो म्याट, १० पिस चेष्ट प्याड, २० थान तेक्वान्दो प्याड, सय थान फुटवल र २० थान भलिबल सुदूरपश्चिमका नौ जिल्लाका खेलकुद विकास समितिका प्रमुख तथा खेलाडीहरुलाई मंगलबार वितरण गरे ।

सुदूरपश्चिमाञ्चलका स्थायी बासिन्दा दीपकले विश्व तेक्वान्दो महासंघ डभाईचर चे, चाईल्ड रिच अर्गनाईजर, सुदूरपश्चिम समाज अष्टे«लियाका अध्यक्ष केशव जोशी, स्पोटर्स युनिभर्स काठमाण्डौं, पर्यटनकर्मी अमर शाही, कृष्ण बहादुर महरा, सञ्जय चौधरी र क्याप्टेन बेद उप्रेतीको सहयोगमा खेलकुद सामग्री वितरण गरिएको बताए । सुदूरपश्चिमाञ्चलबाट तेक्वान्दो खेल सुरु गरेका दीपकले दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण तथा एसियाली खेलकुदमा दुई वटा कास्य पदक जितेका थिए । छनोट चरण पार गरेर सन् २००८ मा ओलम्पिक खेलेका दीपक सबैभन्दा सफल खेलाडी हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव विष्टले सरकारले सहयोग गर्न नसकेको अवस्थामा दीपक बिष्टले गरेको सहयोगले खेलकुद सामग्रीको अभाव खेल गतिबिधि र अभ्यास गर्न नपाएका खेलाडीहरुलाई निकै सजिलो हुने विश्वास व्यक्त गरे । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक साँउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राखेपका सदस्य एकिन्द्र कुँवरले पनि दीपकको कामको चर्चा गरे ।

December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]