default_image

9 years ago

November 8, 2016

किर्तिमानी खेलाडी बिष्ट गृह जिल्लामा सम्मानित

183 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट मंगलवार गृह जिल्ला कैलालीमा सम्मानित भएका छन् । तेक्वान्दो मार्फत नेपाललाई अन्तर्राष्ट्रिय चिनाउनुका साथै दक्षिण एसियाली खेलकुदमा (साग) मा लगातार चार वटा स्वर्ण पदक जितेर मुलुकको प्रतिष्ठा बढाएकोमा दीपकलाई सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति धनगढीले मंगलवार सम्मान गरेको हो ।

????????????????????????????????????

छनोट चरण पार गरे सन् २००८ को बेजिङ ओलम्पिकमा खेलेका दीपकले एसियाली खेलकुदमा दुईवटा कास्य पदक जितेका थिए । उनी नेपाली खेलकुदका सबैभन्दा सफल खेलाडी हुन् ।  मंगलवार धनगढीमा आयोजित एक समारोहमा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशव बिष्टले कदर पत्र र दोसल्ला ओढाएर सम्मान किर्तिमानी तेक्वान्दो खेलाडी दीपकलाई सम्मान गरे ।
अभाव र बिभिन्न बाधा व्यबधानका बीच सुदूरपश्चिमले दीपक जस्तो खेलाडी जन्माएर देशलाई नै ठूलो गुन लगाएको भन्दै राखेपका सदस्य सचिव बिष्टले कृतज्ञता ज्ञापन गरे । उनले अवसर पाए सुदूरपश्चिमा दीपक बिष्टजस्ता खेलाडीहरु हजारौ जन्मिन सक्ने बताए । राज्यले सुदूरपश्चिलाई बिभेद गरेको बताउदै राखेप सदस्य सचिव बिष्टले सुदूरपश्चिमको खेलकुदको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा तेक्वान्दो प्रशिक्षक गोविन्द बिष्ट र व्यापारी टेक बहादुर बोगटीलाई पनि सम्मान गरिएको थियो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.