default_image

3 years ago

October 12, 2021

प्यारजुङलाई मेयर कप फुटबल उपाधि

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्यारजुङ युथ क्लब प्यारजुङको ‘ए’ टिमले प्रथम ऐेतिहासिक मेयरकप राइनास नगरपालिका स्तरीय सेभेन ‘ए’ साइड पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

राइनास नगरपालिकास्थित वडा नम्वर ८ को हर्राबोटमा मंगलबार भएको फाइनलमा आयोजक रुद्रदेवी युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै वडा नम्वर १० प्यारजुङले उपाधि जित्न सफल भएको हो । खेलमा दुई गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काउँदै प्यारजुङले खेललाई पेनाल्टी सुटआउटमा लब्म्याएको थियो ।

पेनाल्टीमा प्यारजुङका सबै ५ पेनाल्टी सदुपयोग हुदा रुद्रदेवीका सुरुवाती पेनाल्टीलाई प्यारजुङका गोलरक्षक तेजेन्द्र गुरुङले बचाए । त्यसपछि रुद्रदेवीका सबै चार पेनाल्टी सदुपयोग भएपनि हार टार्न सकेन ।

उपाधिसँगै प्यारजुङले ७५ हजार रुपैयाँ, शिल्ड मेडल प्राप्त गरेको छ । दोस्रो भएको आयोजक रुद्रदेवी युथ क्लबले ५० हजार रुपैयाँ हात पारेको छ । सान्त्वना भएको नवकिरण युथ क्लब वडा नम्वर ७ गरमवेशी र तमु एकता कुणुले वडा नम्वर ९ ले समान १५–१५ हजार रुपैया हात पारेको छ ।

प्यारजुङका अमन गुरुङ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । प्यारजुङकै तेजेन्द्र गुरुङ उत्कृष्ट गोलरक्षक चुनिदा आयोजक रुद्र देवीका आशिष परियार सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभर कुल ८ गोल गरेका थिए । सबै उत्कृष्टले समान ३–३ हजार रुपैया हात पारे।

विजयी टोली तथा खेलाडीलाई राइनास नगरपालिकाका मेयर सिंह बहादुर थापा, उपमेयर धनकुमारी गुरुङ र क्लबका अध्यक्ष प्रदीपजंग गुरुङले पुरस्कृत गरे ।

२१ असोजदेखि शुरु भएको प्रतियोगितामा राइनास नगरपालिकाका १० वडाका विभिन्न २८ टोलीको सहभागिता रहेको र खेल नकआउटको आधारमा खेलाइएको क्लबका सचिव प्रविन विकले जानकारी गराए ।

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले […]

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । प्रो भलिबल एकेडेमी अहिले पुरुष डिभिजन वानमा रहेकाे छ । त्याे भन्दामाथि पुरुष रिजर्भ र पुरुषा प्रिमियर लिग हुनेछ । यससँगै विशाल एसभिएल खेल्ने पहिलो […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

Success

Thank you for your time.