4 years ago
October 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटिले वीर गणेशमान सिंह राष्ट्रिय लन टेनिस प्रतियोगिता कार्तिक ९ देखि १६ गते सम्म आयोजना गर्ने भएको छ ।

वीर गणेशमानको आदर्श, मुल्य, मान्यता र समग्र जीवन सन्देशलाई खेलकुद मार्फत नयाँ पुस्ता सम्म पु¥याउँदै विभिन्न खेलहरुको आयोजना गर्ने उद्धेश्य अनुरुप लन टेनिस पनि आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यसअघि एथलेटिक्स र बक्सिङ आयोजना गर्दै आईरहेकोमा यसपटक लन टेनिसलाई पनि समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा संचालन हुने प्रतियोगितामा पुरुष एकल र युगल, महिला एकल र युगल, पुरुष ३५ बर्ष माथि, ४५ बर्ष माथि र ५५ बर्ष माथिको एकल र युगल तथा ६५ बर्ष माथिको एकल र जुनियर तर्फ यु – ८, ९, १०, १२, १४ र खुला छात्र तथा छात्राको विधामा करिव ४ सय खेलाडीहरुको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमा जनाएका छन् ।
सातदोवाटोस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगिताको लागत करिव २० लाख रहेको आयोजकले जनाएको छ । जसमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले पदक, प्रमाण पत्र र ट्रफीका साथ पुरुष तथा महिला एकल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ८० हजार, ४० हजार र २० हजार पाउनेछन् ।
युगल तर्फका शिर्ष तीनले ४० हजार, २० हजार र १० हजार, पुरुष एकल ३५ बर्ष माथिका शिर्ष तीनले नगद ४०, २० र १० हजार, युगलले २५, १५ र १० हजार, ४५ बर्ष माथि एकल तर्फका शिर्ष तीनले ३०, १५ र ५, युगल तर्फ २०, १०, १० हजार, ५५ बर्ष माथि एकलले २० हजार, १० हजार र ५ हजार तथा युगलमा १५ हजार, ७ हजार ५ सय र १० हजार, यस्तै ६५ बर्ष माथि एकलले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गर्ने छन् । यस्तै जुनियर विधामा विजयी खेलाडीहरुलाई गिफ्ट ह्याम्परबाट पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]