4 years ago
October 28, 2021
स्याङ्जा (हाम्रो खेलकुद) – राङखोला युवा क्लब, पित्लेक अर्गानिक फर्म हाउससँगै रामवाच्छा युवा क्लब र चक्रदेवी युवा क्लब दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा बिहीबार भएको खेलमा राङखोलाले भिरकोट बयरघारीलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक पहिलो सेट राङखोलाले २८–२६ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा २५–२३ को जित निकाल्यो । यो खेल बुधबार लाइट प्रोटेस्टका कारण स्थगित भएको थियो । बुधबार चौथो सेट २१–२० को अवस्थामा चलिरहँदा लाइट प्रोटेस्ट लागेको थियो ।
अर्काे खेलमा रामवाच्छा युवा क्लबले नेपाल तारा युवा क्लब गल्याङलाई २–१ को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । पहिलो सेट २१–२५ ले गुमाएको रामवाच्छाले दोस्रो सेट २८–२६ ले तथा प्रतिस्पर्धात्मक तेस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पार्दै अन्तिम आठमा पुग्न सफल भयो ।

दिनको पहिलो खेलमा चक्रदेवी युवा क्लब डाडाखर्कले आयोजक वालिङ भलिबल क्लबलाई २५–१५ र २५–२१ ले आफ्नो पक्षमा पार्दै अन्तिम आठको यात्रा तय गरेको छ । क्वाटरफाइनल र सेमिफाइनलका खेल शुक्रबार हुने आयोजक वालिङ भलिबल क्लबले जनाएको छ ।
महिला र पुरुषतर्फको फाइनल र तेस्रो स्थानको खेल शनिबार हुनेछ । महिलातर्फ बुधबारै दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि नवलपुर र स्याङ्जा भलिबल क्लबले फाइनलमा भेट तय गरेका छन् । दाजुभाईले अकला फेन्सी स्टोर्स गल्याङलाई तथा स्याङ्जा भलिबल क्लबले आयोजक वालिङ भलिबल क्लबलाई समान ३–० को सोझो सेटमा हराएर फाइन्लमा स्थान बनाएका हुन् ।
वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर साविकको वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ ८ टोली तथा पुरुषतर्फ १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सम्बन्धित वडाका ३ खेलाडी अनिवार्य हुनुपर्ने र बाँकी बाहिरका खेलाडी राख्न पाउने प्रावधान छ ।
पुरुषतर्फको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार तथा सान्त्वना हुने टोलीले १० हजार प्राप्त गर्नेछन् । पुरुषतर्फको उत्कृष्ट खेलाडीले ५ हजार तथा व्यक्तिगत विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर तथा वेष्ट डिफेन्स) ले जनही २ हजार प्राप्त गर्नेछन् ।
महिलातर्फको विजेताले २० हजार, दोस्रो हुनेले १० हजार तथा तेस्रो हुने टोलीले ५ हजार प्राप्त गर्नेछन् । महिलातर्फको उत्कृष्ट खेलाडीले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिताको मुख्य प्रायोजक वालिङ नगरपालिका र सह–प्रायोजक चापाकोट नगरपालिका रहेको छ ।
विषेश सहयोगीमा भिरकोट नगरपालिका र गल्याङ नगरपालिका रहेका छन् । वालिङ १० स्थयी घर भएका हाल बेलायत निवासी दौजित गुरुङ, छविराज गुरुङ र हेमन्त गुरुङले पुरुषतर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । दोस्रो पुरस्कार भारतीय सेनामा कार्यरत सुर्य बहादुर गुरुङ र बेलायत निवासी टिका गुरुङले प्रायोजन गरेका छन् ।
महिलातर्फको प्रथम पुरस्कार भुपेन लामिछानेले तथा दोस्रो पुस्कार वालिङकै हाल फ्रान्समा रहेका अंकित गुरुङ र समाजसेवी रामबच्छ निवासी विरेन्द्र श्रेष्ठले प्रायोजन गरेका छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]