4 years ago
October 30, 2021
स्याङ्जा (हाम्रो खेलकुद) – नवज्योति जनसेवा युवा क्लब कोखे र दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । नव जनज्योति पुरुषतर्फ तथा दाजुभाई महिलातर्फ च्याम्पियन बनेका हुन् ।

स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा शनिबार भएको पुरुषतर्फको फाइनलमा नवज्योतिले चक्रकला युवा क्लब लामडाडालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
राष्ट्रिय टोलीका मानबहादुर श्रेष्ठ र धनबहादुर भट्ट तथा सुजन चोखाललाई समेटेको नवज्योतिले प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २५–२३ ले आफ्नो पक्ष पारेको थियो । दोस्रो सेटमा २५–२१ को तथा तेस्रो सेटमा २५–१९ को सहज जित निकाल्न सफल भयो ।

पुरुषतर्फ आयोजक वालिङ भलिबल क्लबले राङखोला भलिबल क्लबलाई २५–२३ र २५–१३ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
महिलातर्फ काठमाडौंको न्यु डायमन्ड स्पोर्ट्स क्लब खेलाडी समेटेको दाजु भाई ट्रान्सपोर्टले स्याङ्जा भलिबललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो । एकपक्षीय खेलमा दाजुभाईले पहिलो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–१० को सहज जित निकोलेको दाजुभाईले तेस्रो सेटमा २५–१७ को जित निकाल्यो ।
महिलातर्फ आयोजक वालिङ भलिबल क्लबले अला फेन्सी स्टोर्स गल्याङलाई २५–११ र २५–१७ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
उपाधिसँगै नवज्योतिले १ लाख रुपैयाँसँगै शिल्ड जितेको छ । दोस्रो भएको चक्रकला युवा क्लबले ५० हजार, तेस्रो भएको वालिङले २५ हजार रुपैयाँ तथा सान्त्वना भएको राङखोलाले १० हजार रुपैया र शिल्ड जितेको छ ।
महिलातर्फको विजेता दाजुभाईले २० हजार रुपैया र शिल्ड जितेको छ । दोस्रो भएको स्याङ्जा भलिबलले १० हजार रुपैयाँ तथा तेस्रो भएको आयोजक वालिङले ५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
विजयी खेलाडीलाई वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँण, वालिङ भलिबल क्लबका अध्यक्ष दिपेन्द्र खाँण, नगद पुरस्कार प्रायोजन गरेका दौजित गुरुङ, छविराज गुरुङ र हेमन्त गुरुङका आफन्त लिलमति गुरुङ र लिल्सु गुरुङ, भुपेन लामिछाने, जनक श्रेष्ठ, नारायण प्रसाद शर्मालगायतले पुरस्कृत गरे ।
वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको साविकको वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा महिलातर्फ ८ टोली तथा पुरुषतर्फ १४ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता ८ कात्तिकबाट शुरु भएको थियो ।
प्रतियोगिताको मुख्य प्रायोजक वालिङ नगरपालिका र सह–प्रायोजक चापाकोट नगरपालिका रहेको छ । विषेश सहयोगीमा भिरकोट नगरपालिका र गल्याङ नगरपालिका रहेका थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]