default_image

4 years ago

October 30, 2021

धनबहादुर र वालमिका सर्वाेत्कृष्ट

196 views

0 Bookmark

स्याङ्जा (हाम्रो खेलकुद) – नवज्योतिका स्पाइकर धनबहादुर भट्ट र दाजुभाई ट्रान्सपोर्ट सेवा प्रालिका वालमिका आचार्य दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

धनबहादुर पुरुषतर्फ तथा वालमिका महिलामा सर्वाेत्कृष्ट खेलाडी चुनिएका हुन् । उनीहरुले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । धनबहादुरले ५ हजार रुपैयाँ र ट्रफी तथा वालमिकाले २ हजार रुपैयाँ र ट्रफी हात पारे ।

व्यक्तिगत विधामा पुरुषतर्फ चक्रकलाका दुर्गा सुनार उत्कृष्ट सर्भर चुनिए । नवज्योतिका सुजन चोखाल उत्कृष्ट सेटर, चक्रकलाका विजय थापा ब्लकर, नवज्योतिका मानबहादुर श्रेष्ठ स्पाइरक र वालिङका ईश्वर गुरुङ लिवेरो घोषित भए । उनीहरुले समान २–हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

पुरुषतर्फ नवज्योति जनसेवा युवा क्लब र महिलामा दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि च्याम्पियन बन्न सफल भएको छ । उपाधिसँगै नवज्योतिले १ लाख रुपैयाँसँगै शिल्ड जितेको छ । दोस्रो भएको चक्रकला युवा क्लबले ५० हजार, तेस्रो भएको वालिङले २५ हजार रुपैयाँ तथा सान्त्वना भएको राङखोलाले १० हजार रुपैया र शिल्ड जितेको छ ।

महिलातर्फको विजेता दाजुभाईले २० हजार रुपैया र शिल्ड जितेको छ । दोस्रो भएको स्याङ्जा भलिबलले १० हजार रुपैयाँ तथा तेस्रो भएको आयोजक वालिङले ५ हजार रुपैयाँ प्राप्त गरेको छ । विजयी खेलाडीलाई वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँण, वालिङ भलिबल क्लबका अध्यक्ष दिपेन्द्र खाँण, नगद पुरस्कार प्रायोजन गरेका दौजित गुरुङ, छविराज गुरुङ र हेमन्त गुरुङका आफन्त लिलमति गुरुङ र लिल्सु गुरुङ, भुपेन लामिछाने, जनक श्रेष्ठ, नारायण प्रसाद शर्मालगायतले पुरस्कृत गरे ।

वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको साविकको वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा महिलातर्फ ८ टोली तथा पुरुषतर्फ १४ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता ८ कात्तिकबाट शुरु भएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक वालिङ नगरपालिका र सह–प्रायोजक चापाकोट नगरपालिका रहेको छ । विषेश सहयोगीमा भिरकोट नगरपालिका र गल्याङ नगरपालिका रहेका थिए ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.