default_image

2 years ago

November 1, 2021

भेट्रान्स भलिबल मंसिर दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – गुरुङ स्पोर्ट्स हाउस प्रालिको आयोजनामा ‘गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय भेट्रान्स पुरुष भलिबल’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मंसिर १४ देखि १८ सम्म नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा हुने छ । प्रतियोगितामा वि.सं २०३८ अघि जन्मेका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने गुरुङ स्पोर्ट्स हाउस प्रालिका अध्यक्ष नविन गुरुङले […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गुरुङ स्पोर्ट्स हाउस प्रालिको आयोजनामा ‘गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता मंसिर १४ देखि १८ सम्म नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा हुने छ । प्रतियोगितामा वि.सं २०३८ अघि जन्मेका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने गुरुङ स्पोर्ट्स हाउस प्रालिका अध्यक्ष नविन गुरुङले जानकारी गराए ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र शिल्ड हात पार्नेछन् । दोस्रो हुने टोलीले ६१ हजार १ सय ११ रुपैयाँ, तेस्रो हुनेले ३१ हजार १ सय ११ रुपैयाँ र चौंथो हुनेले ११ हजार १ सय ११ रुपैयाँ र कप प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले समान ३–३ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

लिभरपुलको वेस्ट ह्यामविरुद्ध बराबरी

एजेन्सी – इंग्लिश प्रिमियर लिग उपाधि दावेदार मानिएको लिभरपुल लाई उपाधि आकांक्षामा अर्को धक्का लागेको छ । पछिल्लो समय खराब लयमा रहेको लिभरपुल आज भएको खेलमा वेस्ट ह्याम विरुद्ध २-२ को बराबरीमा रोकिएको हो । पछि परेको अवस्था उल्ट्याउँदै अग्रता लिएको लिभरपुल अन्तिममा भने बराबरीमा रोकियो । ४३औं मिनेटमा जेरड बावेनले मोहम्मद कुडुसको क्रसमा हेडर […]

April 27, 2024

राष्ट्रिय महिला भलिबलमा निरुता सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले सबै खेलमा सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले ५० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरेकी छिन् । व्यक्तिगत विधामा पनि च्याम्पियन एपिएफकै खेलाडीको वर्चश्व […]

Success

Thank you for your time.