4 years ago
November 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ऋतिक राणा र आरभ सम्राट हाडा गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको सेमिफाइनलमा राणाले अकि जुवेन राउतलाई ६–२, २–६ र ६–३ ले तथा आरभले निशान श्रेष्ठलाई ६–१ र ६–२ ले पराजित गर्दै उपाधिनजिक पुगे ।
यस्तै महिला एकलतर्फ प्रेरणा कोईराला र सलोनी तामाङले फाईनल यात्रा तय गरिन् । प्रेरणाले रयना शाहलाई ६–१ र ६–३ ले तथा सलोनीले अभिलाषा बिष्टलाई ६–१ र ६–० ले पाखा लगाइन् । महिला युगलतर्फ ईरा राउत र अभिलाषा बिष्टको जोडीले प्रेरणा कोईराला र सलोनी तामाङको जोडी लाई ५–७, ६–४ र ७–५ ले पराजित गर्दै च्याम्पियन बनिन् ।

जुनियर यु–१० छात्रातर्फ सिभाली गुरुङले आयुषा जिसीलाई ६–१, ६–० ले पराजित गर्दै उपाधि जितिन् । यु–१४ तर्फ सुनिरा थापाले अद्या पौडेललाई ६–३, ६–२ ले पराजित गर्दै उपाधि हात पारिन् । सुनिरा थापाले युग तर्फको उपाधी पनि जितिन् ।
उनले प्रशंसा मोक्तानसँग मिलेर आद्या पौडेल र समृद्धी महर्जनको जोडीलाई ७–५, ७–६ को कठिन जित निकालिन् । छात्र यु–१४ युगलतर्फको प्रतिस्पर्धामा आयुष्मान हजुर घले र सक्षम विक्रम शाहको जोडीले दर्शिल श्रेष्ठ र श्रीजन भट्टराईको जोडीलाई ६–२, ६–१ ले पराजित गर्दै उपाधि जिते ।
पुरुष ६५ बर्षमाथि विदुर बिष्टले ज्ञानेन्द्र ताम्राकारलाई पराजित गर्दै विदुरले उपाधि जिते । ५५ वर्षमाथि कमल थापालाई ६–४ र ६–३ ले पराजित गर्दै विमल कुमार गुरुङले उपाधि जिते । यस्तै ३५ बर्षमाथि कमल बहादुर भण्डारीले सिमान्त गुरुङलाई हराउँदै उपाधि जिते । पुरुष युगल ३५ बर्ष माथिको युगल तर्फ कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्गको जोडी तथा निरज थापा र लोक गुरुङ्गको जोडीले फाईनल यात्र तय गरे ।
कमल र सिमान्तको जोडीले राजु क्षेत्री र सुदर्शन श्रेष्ठको जोडीबाट वाक ओभ र प्राप्त गरे भने निरज र लोकको जोडीले राजन पौडेल र नविन श्रेष्ठको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।
४५ बर्ष माथिको पुरुष युगलमा राजु श्रेष्ठ र महेश श्रेष्ठको जोडी र चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडीले फाइनल खेल्ने भएका छन् । ५५ बर्ष माथि कृष्णराज घले र सुवर्ण धाख्वाको जोडी र कमल थापा र छम्ब धोन्दुप भिड्नेछन् । समापन मंगलबार हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]