default_image

4 years ago

November 13, 2021

भरतपुरमा राष्ट्रव्यापी प्रथम एलटिके पौडी सुरु

278 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – चितवनको भरतपुरमा राष्ट्रव्यापी विद्यालयस्तरीय प्रथम एलटिके पौडी प्रतियोगिता सुरु भएको छ । दुई दिने प्रतियोगिताको पहिलो दिन आज (शनिबार) विभिन्न ११ विधामा स्पर्धा भएका छन् ।

९ देखि १० वर्ष उमेर समूहको २५ मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ स्प्रिङ डेल एकेडेमी नेपालगञ्जका विशेष सिंहले स्वर्णपदक जितेका छन् । उनले निर्धारित दूरी २३ दशमलव २० सेकेन्डमा पूरा गरे । चितवनका शुभान्सराज केसीले ३६ दशमलव ८५ सेकेन्डमा दुरी पार गर्दै रजतपदक हात पारे । उनले नेपालगञ्जकै सुशान्त बोहराले ४२ दशमलव २० सेकेन्डमा दुरी पार गर्दै काँस्य जिते ।

११ देखि १२ वर्ष उमेर समूहको ५० मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ काठमाडौंका जोर्डन श्रेष्ठले १ दशमलव ०४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जिते । नेपालगञ्जका दिवसले उक्त दूरी एक मिनेट ४ दशमलव ८१ सेकेन्डमा पूरा गर्दै रजत पदक हात पारे ।

१३–१४ वर्षको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा काठमाडौँका जदेन श्रेष्ठले स्वर्ण जिते । उनले उक्त दूरी एक मिनेट २३ दशमलव ०४ सेकेन्डमा पूरा गरे । काठमाडौँकै अथर्व सिंहले रजत पदक जिते । उनले उक्त दूरी एक मिनेट ३१ दशमलव ८५ सेकेन्डमा पार गरे ।

१५ वर्षमाथिको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा काठमाडौँका गौरव लामाले स्वर्ण जिते । उनले उक्त दूरी एक मिनेट १८ दशमलव ४९ सेकेन्डमा पूरा गरे । काठमाडौँका यजु महर्जनले रजत तथा नेपालगञ्जका सुमन न्यौपानेले काँस्य जिते । उक्त दूरी पार गर्न यजुले एक मिनेट ३५ दशमलव ७६ तथा सुमनले एक मिनेट ४९ सेकेन्ड लगाए ।

१५ वर्षमाथिको एक सय मिटर ब्रेस्ट स्ट्रोक महिलातर्फ काठमाडौंकी परी भण्डारीले स्वर्णपदक जितिन् । उनले उक्त दूरी एक मिनेट ४९ दशमलव ९९ सेकेन्डमा पूरा गरिन् ।

९–१० वर्षको २५ मिटर फ्लाईमा नेपालगञ्जका सुबाङ बोहोराले स्वर्ण जिते । उनले उक्त दूरी १९ दशमलव २३ सेकेन्डमा पूरा गरे । नेपालगञ्जकै विशेष सिंहले रजत जिते । उनले उक्त दूरी २० दशमलव ८६ सेकेन्डमा पुरा गरे ।

११–१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाई पुरुषतर्फ नेपालगञ्जकै अमित रावलले स्वर्ण पदक हात पारे । उक्त दुरी उनले ३९ दशमलव ७७ सेकेन्डमा पुरा गरे । नेपालगञ्जका दिवस रेग्मीले रजतमा चित्त बुझाए । उनले उक्त दुरी एक मिनेट ०८ दशमलव ९५ सेकेन्डमा पुरा गरे ।

११–१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाई महिलातर्फ काठमाडौंकी अश्रेस्ता राईले स्वर्ण जितिन् । उनले उक्त दुरी पुरा गर्न ४८ दशमलव ६४ सेकेन्ड लगाईन् ।

१३–१४ वर्ष उमेर समूहको एक सय मिटर फ्लाईमा काठमाडौंका प्रारम्भ भण्डारीले स्वर्ण हात पारे । उनले उक्त दुरी एक मिनेट ०९ दशमलव २० सेकेन्डमा पुरा गरे । काठमाडौंका अर्थव सिंह र अभ्यान्तर बिक्रम राईले क्रमशः रजत र कास्य जिते । अर्थव उक्त दुरी एक मिनेट २८ दशमलव २६ सेकेन्डमा पुरा गर्दा अभ्यान्तरले एक मिनेट ३१ दशमलव ०८ सेकेन्ड लगाए ।

यस्तै १५ वर्ष माथिको एक सय मिटर फ्लाईमा काठमाडौंका यजु महर्जनले स्वर्ण जिते । उक्त दुरी पुरा गर्न उनले एक मिनेट ३८ दशमलव २६ सेकेन्ड लगाए । नेपालगञ्जका सुमन न्यौपानेले उक्त दुरी दुई मिनेट ०३ दशमलव ९५ सेकेन्डमा पार गर्दै रजत जिते ।

८ वर्ष मुनीको ब्याक स्ट्रोक महिला पुरुष तर्फ काठमाडौंका रचित बुढाथोकीले स्वर्ण जिते भए । उनले उक्त दुरी ३८ दशमलव ०४ सेकेन्डमा पुरा गरे । काठमाडौंकै म्रिनल श्रेष्ठले रजत तथा मेहान श्रेष्ठले कास्य जिते । म्रिनलले ५० दशमलव ७३ सेकेन्ड तथा मेहानले एक मिनेट २५ दशमलव १४ सेकेन्डमा उक्त दुरी पुरा गरे ।

भरतपुर महानगरपालिका ६ देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीको आयोजनामा सुरु भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ । ८ देखि १५ वर्ष उमेर समूहका पुरुष तथा महिला खेलाडीहरु प्रतियोगितामा सहभागी छन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.