default_image

ताजा समाचारहरु

March 2, 2024

प्रिन्सलाई मोटरसाइकल

काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय ब्याडमिन्टन सघ, नेपालले विश्व जुनियर नम्बर एक रहिसकेका नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाललाई रोयल इनफिल्ड हन्टर ३५० मोटरसाइकलसहितसम्मान गरको छ । संघको पूर्व घोषित कार्यक्रम अनुरुप प्रिन्सलाई बाइकले सम्मान गरको हो । संघले पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको लगातार तीन संस्करणमा विजय हासिल गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने घोषणा गरेको […]

March 2, 2024

प्रिन्स चौथो पटक च्याम्पियन, रसिलालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका प्रिन्स दाहालले चौथो पटक पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टनको उपाधि जितेका छन् । महिला एकलतर्फको उपाधि लतिलपुरकी रसिला महर्जनले जितिन् । १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टनको शनिबार भएको शीर्ष ८ तर्फको पुरुष एकलको फाइनलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० ले हराउँदै प्रिन्सले उपाधि जितेका हुन् […]

March 2, 2024

साम्बाको गोलमा ग्वेंगाम्पको महत्त्वपूर्ण जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गरेको खेलमा एन अभान्ट ग्वेंगाम्पले शीर्ष डिभिजन लिगमा लिलविरुद्ध महत्त्वपूर्ण जित दर्ता गरेको छ । वाफ च्याम्पियनसिपको फाइनल गुमाएर लिगको खेल खेल्न पुगेकी साम्बाले बेन्चबाट मैदान प्रवेश गर्दै २-० को जितमा गोल गरेकी हुन् । उनको लिगमा यो पहिलो गोल समेत […]

March 2, 2024

कोशीलाई डोरी तानको उपाधि

विराटनगर (हाम्रो खेलकुद)– कोशी प्रदेशले दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरमा शनिबार भएको डोरीतानको फाइनलमा एपिएफ क्लबलाई २–० सेटले हराउँदै कोशी च्याम्पियन बनेको हो । नेपाल डोरी तान संघको आयोजनामा भएको दुई दिने प्र्रतियोगितामा कोशी,एपिएफसहित बाग्मती प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब गरि ८ […]

March 2, 2024

आर्मी पहिलो पटक पाँचथर गोल्डकप च्याम्पियन

दिपक बोहरा,पाँचथर त्रिभुवन आर्मी फुटबल क्लब पहिलो पटक पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार आयोजक पाँचथर क्लबलाई ४-२ ले हराउँदै ए डिभिजन टोली आर्मीले उपाधि जितेको हो । २०७४ सालमा दशैं फाल्गुनन्द गोल्डकपमा उपविजेता बनेको आर्मी ६ वर्ष पछि विजेता बनेर फर्कदैछ । फिदिम माविको खेलमैदानमा आर्मीलाई जित दिलाउन कप्तान दिपकुमार […]

March 2, 2024

मछिन्द्रलाई दोस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यू रोड टिम (एनआरटी) लाई टाइब्रेकरमा पराजित गर्दै मछिन्द्र दोस्रो पटक विजेता बनेको हो । मछिन्द्र टाइब्रेकरमा ५-४ ले विजेता बनेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको विजेताको टाइब्रेकरमार्फत निर्णय भएको […]

March 2, 2024

यु-१६ महिला साफ: नेपाल बंगलादेशसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेश विरुद्ध हार बेहोरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले २-० को हार बेहोरेको हो । बंगलादेशको जितमा साथी मुन्दाले दुवै गोल पहिलो हाफमा गरिन् । बंगलादेशले खेलको २४औं मिनेटमा खेलमा अग्रता लिएको थियो । सौरभी अकान्दा प्रितीको […]

March 2, 2024

सन्तोषी र दीपकलाई हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – धादिङकी सन्तोषी श्रेष्ठ र दीपक अधिकारीले प्रधानसेनापति म्याराथन अन्तर्गत हाफ म्याराथनको उपाधि जितेका छन् । १३ औं दक्षिण एसियली खेलकुदकी स्वर्ण पदक विजेता सन्तोषीले १ घन्टा १६ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै महिला हाफ म्याराथनको उपाधि जितेकी हुन् । तेस्रो सातामा यो सन्तोषीको तेस्रो उपाधि हो । फागुन ५ गते […]

March 2, 2024

पवर्तका अनिशले जिते प्रधानसेनापती म्याराथन

काठमाडौं (हाम्रो खेलकुद) – पवर्तका अनिश थापा मगरले प्रधान सेनापति प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् । काठमाडौंमा शनिबार भएको म्याराथन २ घन्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै अनिश विजयी भएका हुन् । १३ औं दक्षिण एसियली खेलकुद (साग) का स्वर्ण पदक विजेता एपिएफका किरण सिंह बोगटी दोस्रो र त्रिभुवन आर्मी क्लबका राजन रोकाया […]

March 2, 2024

एपिएफ मुख्यमन्त्री कप भलिबल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – उत्कृष्ट पुनरामगनका साथ नेपाल एपिएफ क्लबले मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । संखुवासभाको खादबारीमा सम्पन्न शनिबार गण्डकी प्रदेशलाई ३–१ ले हराउँदै एपिएफले पहिलो स्थान हासिल गरेको हो । पहिलो सेट गुमाएको एपिएफले १४–२५,२५–२३,२५–२१,२५–२१ को जित निकालेको हो । एपिएफलाई कडा चुनाती प्रस्तुत गर्नका वावजुद गण्डकी पराजित भएको हो […]

Success

Thank you for your time.