default_image

5 months ago

July 5, 2025

गुरुङको अध्यक्षतामा भरतपुर सितोरियोको कार्यसमिति चयन

340 views

0 Bookmark

सुशील पन्त क्षेत्री, भरतपुर

नेपाल सितोरियो कराते संघ भरतपुर महानगर समितिको अध्यक्षमा पुर्णबहादुर गुरुङ चयन भएका छन् ।

संघको आज भएको विशेष साधारण सभाबाट गुरुङको अध्यक्षता सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा वौद्ध लामा, उपाध्यक्षमा ईश्वरी कंडेल, सचिवमा छवि रमण तिमिल्सिना, सह-सहचिवमा आशिष ढकाल र कोषाध्यक्षमा पार्वती गुरुङ चयन भएका छन् ।

यस्तै सदस्यमा दुर्गा कुमाल, नानसिंग घर्ती, सन्तोष ठाकुर, हिरा लामा, तृपिक्रम सापकोटा, प्रमिस तामाङ, नरेश खत्री, निक्षा थापा मगर, सुजन मगर, रिया थापा, सुजन मगर, सुजिता गुरूङ र सुरज विक छन् ।

संघको प्रमुख सल्लाहकारमा ज्वाला कुमार भण्डारी तथा
सल्लाहकारहरुमा जंग बहादुर थिङ र गुञ्ज वीर राना रहेका छन् । कार्यक्रम जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यतामा भएको हो । कार्की संघको संस्थापक अध्यक्ष समेत हुन् ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.