4 years ago
March 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षणमा दोस्रो चरणमा २२ खेलाडी छनोट भएको छ ।

गत शुक्रबारदेखि शुरु भएको प्रशिक्षणमा ३२ खेलाडी प्रारम्भिक टोलीमा रहेका थिए । जसबाट मुख्य प्रशिक्षक गौरव बस्नेतले १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा २२ खेलाडी छनोट गरेको हो ।
दोस्रो चरणमा सचिन श्रेष्ठ, सन्जिव तामाङ विक्कु तामाङ, अरुज सिंह, अविनाश तामाङ, जेनिस प्रजापति, किरण चौधरी र रन्जित गुरुङ, रिवोस मास्के र सुशान श्रेष्ठले स्थान बनाउन सकेनन् । फुटसल टोली काठमाडौंमा चार दिनको प्रशिक्षण पछि पोखरामा थप प्रशिक्षणका लागि जानेछ ।
एएफसी फुटसल एसियन कप छनोट चरणको खेलहरु १ देखि १५ अप्रिलसम्म किर्गिस्तानमा हुँदैछ । छनोटमा समूह ‘बी’ नेपालसहित उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् । नोलले १० र १२ अप्रिलमा खेल्ने तालिका छन् ।
समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन् । प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन् । यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पुर्वबाट ३ तथा आसीआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन् । आयोजक कुवेत अन्तिम चरणका लागि छनोट भइसकेको छ ।
दोस्रो चरणमा छनोट भएका खेलाडी
गोलरक्षक – अनिष श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा र सुमित कुमार आले
(फिक्सो, पिभोट र एला) – विजय श्रेष्ठ, सरोज तामाङ, विक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, आदिल हामिद, अमित लामा, क्रिजल खड्का, मणि कुमार लामा, मनोज गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ र उर्केन शेर्पा
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]