default_image

4 years ago

March 26, 2022

मिड भ्याली अन्तर कलेज फुटसल हुने

372 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – मिड भ्याली इन्टरनेसल कलेजको आयोजनामा मिड भ्याली कप अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । चैत १९ गते एक दिन आयोजना हुने प्लस टु तथा ए लेभलको प्रतियोगितामा बढीमा २४ टोलीको सहभागिता रहने कलेजका बिजनेस डेभलप्मेन्ट मेनेजर बाबुराम कार्कीले जानकारी दिए ।

ज्ञानेश्वरस्थित मिड भ्यालीकै इन्डोर फुटसल मैदानमा हुने प्रतियोगितालाई प्रोफेसनल एजुकेशन कन्सल्ट्यान्सी बानेश्वरले मुख्य प्रायोजन ता स्टार इजुकेशन बानेश्वरले सहयोग गरेकोको कार्कीले बताए । सहभागिताका लागि ५ हजार प्रवेश शुल्क राखिएको प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबाट व्यवासायिक फुटबल खेलिसकेका सुनिल खड्का कलेजका ब्रान्ड एम्बेसडर हुन् । कलेजहरुका बीचमा आपसी सम्बन्ध मजबुत बनाउनका लागि फुटसल प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने कलेजको लक्ष्य रहेको कार्कीले जानकारी दिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.