4 years ago
April 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रभातफेरि युथ क्लब (पिवाइसी) ले प्रथम ओएसआर डिजिटल ओपन फुटसलको उपाधि जितेको छ । घोडेजात्राको उपलक्ष्यमा आयोजना भएको फुटसल प्रतियोगितामा शनिबार साँझ ध्रुबतारा फुटबल क्लबलाई ६–२ ले हराउँदै पिवाइसीले उपाधि जितेको हो ।
पिवाईसीले उपाधिसहित ५५ हजार ५ सय ५५ रुपैयाँ र ध्रुबताराले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरे । विजेता र उपविजेतालाई अभिनेता अनुपविक्रम शाहीले पुरस्कृत गरे । अन्य पुरस्कार इनास बेल्जियम अध्यक्ष तथा कलाकार श्याम श्रेष्ठ, अभिनेत्री कोरियोग्राफर पवित्रा आचार्य, निर्देशक वसन्त निरौलाले प्रदान गरे ।

नकआउटका आधारमा भएको उत्कृष्ट गोलकिपर विजेता टिम पिवाइसीका आशिष महत र उत्कृष्ट खेलाडी ध्रुवताराका सुभराज महत चुनिए । दुवैले समान ५ हजार ५ सय ५५ रुपैयाँसँगै ट्रफी प्राप्त गरे । फेयरप्ले टोली चुनिएको ग्याजेट सोलुसनले ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गरे ।
हिमालयन फुटसल क्लबको आयोजनामा भाटभटेनी हेल्थ क्लब चुच्चेपाटीमा २ दिन चलेको प्रतियोगितामा ३२ टोलीको सहमागिता थियो । हिमालयन एफसीका अध्यक्ष विनोद कार्कीले पहिलोपटक आयोजित प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आउने दिनमा अझै ठूलो धनराशीको प्रतियोगिता आयोजना गर्ने बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]