default_image

3 years ago

October 10, 2022

फेन्सिङमा बागमतीका लागि शिक्षाले जितिन् पहिलो स्वर्ण

239 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशकी शिक्षा नापितले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा स्वर्ण पदक जितेकी छिन् । शिक्षाले सोमबार व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । पोखरा सुरु भएको फेन्सिङमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छन् ।

तस्बिर – एनएसजेएफ गण्डकी ।

नेपाली सेनाकी रविना थापा र सेनाकै मनिषा संयुक्त रुपमा तेस्रा भए । फेन्सिङ प्रतियोगितामा इपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत तथा टिम इभेण्टमा प्रतिस्पर्धामा हुने बताइएको छ । प्रतियोगितामा दुई विभागिय सहित ६ टोलीको सहभागिता रहेको छ ।

सेना, शसस्त्र प्रहरी, आयोजक गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले मात्र फेन्सिङमा भाग लिइरहेका छन् । असोज २८ गते औपचारिक उद्घाटन हुने नवौं राष्ट्रिय खेलकुदका केहि खेल सुरु भइसकेका छन् ।

महिला क्रिकेट आइतबार पोखरा क्रिकेट मैदानमा सुरु भएको थियो । ह्याण्डबल तथा फेन्सिङ प्रतियोगिताको सोमबार अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका थिए । ३६ प्रतिस्पर्धात्मक र २ प्रदर्शनी खेलमा ७ प्रदेश, तीन विभाग र एनआरएनए गरि ११ टोलीको सहभागिता रहनेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.