default_image

3 years ago

October 11, 2022

प्रदेश १ को हक्की टोलीमा एउटै वडाका १४ खेलाडी

434 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ को हक्की खेलको प्रतिनिधित्व गर्ने सिंगो टोलीका अघिकांश खेलाडी एउटै वडाका रहेका छन् ।संयोग कस्तो भने हक्की टोलीका ४ जनाबाहेक सबै खेलाडी झापाको भद्रपुर नगरपालिकाको एउटै वडाका मात्र छन् ।

पुरुष टोलीका १४ खेलाडी भद्रपुर वडा नम्बर ९ का हुन् । एकजना खेलाडी मेचीनगर १४ र तीनजना उदयपुरका छन् । उदयपुरका खेलाडी वैकल्पिक हुन् । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीका अनुसार हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का बस्ने ठाउँ भद्रपुर ९ भएकाले खेलाडीहरु पनि सोही वडाका मात्र भएका हुन् ।

मेचीनगर १४ र भद्रपुर ९ छिमेकी वडा हुन् । यी दुवै वडाको चोक रहेको पुँहातुबारीमा प्रशिक्षक खड्का बस्दै आएका थिए । अर्को झापामा बाहेक प्रदेश १ का अन्य जिल्लामा हक्की प्रशिक्षक नै नभएपछि सबै खेलाडी झापाका मात्र भएका हुन् । झापाका हक्की प्रशिक्षक खड्का पनि हालै निवृत्त भएका छन् ।

महिला टोलीमा एउटै वडाका ९ खेलाडी

प्रदेश १ को हक्कीको महिला टोलीका ९ खेलाडी एउटै वडाका छन् । १७ जनामध्ये ९ जना खेलाडी मेचीनगर १५ का हुन् । यो वडा पनि प्रशिक्षक खड्का बस्ने पुँहातुबारी नजिकै हो । एकजना भद्रपुर ९ की छन् भने बाँकी ७ खेलाडी शिवसताक्षी नगरपालिकाका हुन् । प्रशिक्षक अभावसँगै हक्की खेलका खेलसामग्री खर्चिलो हुने र खेलाडीले धान्न नसक्ने भएकाले पनि हक्कीमा खेलाडीको अनिच्छा बढ्दै गएको हो ।

प्रदेश १ हक्की पुरुष टोली

भद्रपुर ९ – मनोज चौधरी,सन्तोष बेस्रा, राजु राजवंशी, दिपक खतिवडा, कृष्ण तामाङ, गौरव कार्की, रोशन श्रेष्ठ, रिसब चौधरी, बिशु घिमिरे, सुदिप चौधरी,कैलाश शिवाकोटी, देवराम चौधरी, विवेक राजवंशी, मनिष मगर

उदयपुर – नरेशकुमार मगर, शिवजी मगर, किसानबहादुर मगर

मेचीनगर १४– संजय राजवंशी

प्रदेश १ हक्की महिला टोली

मेचीनगर १५– सिर्जना मगर, पूर्णिमा राई,रञ्जना राजवंशी, सीमा राई, अञ्जली पाहान, रञ्जीता राई, मनिका समरिया, अरुणिमा राजवंशी, अल्का राजवंशी

शिवसताक्षी – रञ्जीता दंगाल, प्रिस्किला आले मगर, अस्मिता माझी, सविना दर्जी,करुणा चम्लागाई, नुमा आङदेम्बे, शान्ति कार्की

भद्रपुर ९– उषा मुर्मू

खेलाडीको विदाइ

यसैबीच, एक कार्यक्रमका बीच प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ र झापा जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय प्रतियोगितामा सहभागी हुने हक्की खेलाडीलाई विदाइ गरेका छन् ।

जिल्ला खेलकुदले बिर्तामोडमा नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यतामा पुरुष तथा महिला टोलीका खेलाडीलाई विदाइ गर्दै सफलताको शुभकामना प्रदान गरेको थियो । बोर्डले सदस्य सचिव हंशराज वाग्लेको प्रमुख आतिथ्यतामा इटहरीमा कार्यक्रम गरेर हक्की टोलीलाई विदाइ गरेको उपाध्यक्ष जिना कार्कीले जानकारी दिइन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.